आत्मरक्षाका लागि किशोरीहरुलाई तालिम

  • पुस २५, २०७७
  • ६९९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रौतहट , २५ पुस । ग्रामिण बिकास केन्द्र गौरले किशोरीहरूलाई आत्मरक्षा सम्बन्धी दुई दिने तालिम दिएको छ । महिला हिंसाका घटना बढ्न थालेपछि सो संस्थाले राजदेवी नगरपालिकाका किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी दुई दिने आधारभूत तालिम दिएको हो । तालिम शुक्रवार देखि सुरु भएको आयोजक संस्थाका कार्यक्रम अधिकृत मधु कर्णले

बताइन् । तालिममा राजदेवी नगरपालिकाभित्रका विद्यालयमा अध्ययनरत कक्षा ९ र १० का ५० जना छात्रा सहभागी छन् । बढ्दो महिला हिंसाका घटनालाई निरुत्साहित गर्न, महिलाको आत्मबल बढाउन तथा आत्मर क्षा प्रति महिलाको अभिरुची बढाउन तालीम आयोजना गरि एको आरडिसी का अध्यक्ष पारस हुसैनले बताए । तालिममा सहभागी किशोरीहरुले आफुलाई अप्ठ्यारो परेको समयमा

सुरक्षित हुने उपयाहरु तालिमबाट प्राप्त भएको र तालिममा सिके का कुरा गाउँघरमा अन्य किशोर ीहरुलाई पनि सिकाउने बताए । इस्लामिक रिलिफ क्यानाडा र इस्लामिक रिलिफ नेपालको आर्थिक सहयोगमा संचालित समान र न्यायिक समाजको लागि लैंगिक हिंसा न्यूनीकरण परियो जना अन्तर्गत सो तालिम संचालन भएको हो । तालिम राजदेवी नगर पालिकाको ब्रह्मपुरीमा रहेको मावि ब्रह्मपुरीमा संचालन भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस

स्नेह वृद्धा आश्रम ल ...

लहान, पुस १३ । सिरहा जिल्लाको लहानमा रहेको स्नेह वृद्धा आश्रम लहानको बैठक आश्रमकी अध्यक्ष रिता कुमार ...

युवा नेता दुबेले गरे ...

कलैया १३ पौष। कलैया उप–महानगरपालिका वडा नम्बर ५ मा अवस्थित द रोयल कटेजलको शनिबार एक विशेष समार ...

लहान नगरपालिकाद्वारा ...

ओम प्रकाश यादव लहान, पुष १३ । मधेश प्रदेशमा चिसो बढ्दै गएपछि लहान नगरपालिकाले दलित तथा विपन्न समुदाय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१