ताजा समाचार

आत्मरक्षाका लागि किशोरीहरुलाई तालिम

  • पुस २५, २०७७
  • ८०५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रौतहट , २५ पुस । ग्रामिण बिकास केन्द्र गौरले किशोरीहरूलाई आत्मरक्षा सम्बन्धी दुई दिने तालिम दिएको छ । महिला हिंसाका घटना बढ्न थालेपछि सो संस्थाले राजदेवी नगरपालिकाका किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी दुई दिने आधारभूत तालिम दिएको हो । तालिम शुक्रवार देखि सुरु भएको आयोजक संस्थाका कार्यक्रम अधिकृत मधु कर्णले

बताइन् । तालिममा राजदेवी नगरपालिकाभित्रका विद्यालयमा अध्ययनरत कक्षा ९ र १० का ५० जना छात्रा सहभागी छन् । बढ्दो महिला हिंसाका घटनालाई निरुत्साहित गर्न, महिलाको आत्मबल बढाउन तथा आत्मर क्षा प्रति महिलाको अभिरुची बढाउन तालीम आयोजना गरि एको आरडिसी का अध्यक्ष पारस हुसैनले बताए । तालिममा सहभागी किशोरीहरुले आफुलाई अप्ठ्यारो परेको समयमा

सुरक्षित हुने उपयाहरु तालिमबाट प्राप्त भएको र तालिममा सिके का कुरा गाउँघरमा अन्य किशोर ीहरुलाई पनि सिकाउने बताए । इस्लामिक रिलिफ क्यानाडा र इस्लामिक रिलिफ नेपालको आर्थिक सहयोगमा संचालित समान र न्यायिक समाजको लागि लैंगिक हिंसा न्यूनीकरण परियो जना अन्तर्गत सो तालिम संचालन भएको हो । तालिम राजदेवी नगर पालिकाको ब्रह्मपुरीमा रहेको मावि ब्रह्मपुरीमा संचालन भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤