लहानमा बजार अनुगमनलाई तिब्रता

  • पुस २४, २०७७
  • ९८२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान २४ , पौस । सिरहाको लहानमा आज संयुक्त बजार अनुगम टोलीद्धारा बजार अनुगमन गरिएको छ । ईलाका प्रशासन कार्यालय लहानका प्रमुख प्रेमप्रसाद देवकोटाको संयोजकत्वमा शुक्रवार लहान बजारको राधाकृष्ण चौक वरिपरीका मासु लगायत खुद्रा तथा किराना पसलहरुमा अनुगमन गरिएको छ । समान खरिद गर्दा बील लिऔं , समानको उत्पादन मिति , उत्पादन नाम , ठेगाना , उपभोग्य अविधि ,परिमाण , तौल आदी उल्लेख नभएका सामग्री खरिद नगरौ लगायतका उपभोक्ताहरुलाई जनचेतना दिई बजार अनुगमन गरिएको घरेलु तथा साना उधोग कार्यालय लहानका प्रमुख दिपेन्द्र कुमार यादवले बताए । बिभिन्न पसलहरुमा गरिएको अनुगमनबाट करिब ५० किलो अखाध्य बस्तु म्याद गुज्रेका सर–समानहरु नष्ट गरिएको छ । उधोग बाणिज्य संघ लहान सिरहाका अध्यक्ष अशोकलाल आमात्य , प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सप्तरी राजबिराजका अधिकृत सुरेश कुमार सिंह , राष्ट्रिय उपभोक्ता मञ्च सिरहाका अध्यक्ष रामानन्द गुप्ता ,शस्त्र प्रहरी बेश क्याम्प लहानका डिएसपी बिनोद थापा , ईलाका प्रहरी कार्यालय लहानका प्रतिनिधि , सरोकारवाला निकायका प्रतिनिधिहरु लगायतको रोहवरमा बजार अनुगमन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

जसपा नेपालको भूमि वि ...

ओम प्रकाश यादव लहान भदौ ७ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) ले सरका ...

मिथिला सामुदायिक सिक ...

ओम प्रकाश यादव लहान, ७ भदौ। सिरहा जिल्लाको लहान नगरपालिका–२३ गाढास्थित मिथिला सामुदायिक सिकाई ...

श्री ज. न. प्राविधिक ...

लहान, भदौ ६। सिरहा जिल्लाको नवराजपुर ४ गाउँपालिका सोनवर्षामा अवस्थित श्री जनता नमुना प्राविधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१