ताजा समाचार

लहानमा बजार अनुगमनलाई तिब्रता

  • पुस २४, २०७७
  • ११३८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान २४ , पौस । सिरहाको लहानमा आज संयुक्त बजार अनुगम टोलीद्धारा बजार अनुगमन गरिएको छ । ईलाका प्रशासन कार्यालय लहानका प्रमुख प्रेमप्रसाद देवकोटाको संयोजकत्वमा शुक्रवार लहान बजारको राधाकृष्ण चौक वरिपरीका मासु लगायत खुद्रा तथा किराना पसलहरुमा अनुगमन गरिएको छ । समान खरिद गर्दा बील लिऔं , समानको उत्पादन मिति , उत्पादन नाम , ठेगाना , उपभोग्य अविधि ,परिमाण , तौल आदी उल्लेख नभएका सामग्री खरिद नगरौ लगायतका उपभोक्ताहरुलाई जनचेतना दिई बजार अनुगमन गरिएको घरेलु तथा साना उधोग कार्यालय लहानका प्रमुख दिपेन्द्र कुमार यादवले बताए । बिभिन्न पसलहरुमा गरिएको अनुगमनबाट करिब ५० किलो अखाध्य बस्तु म्याद गुज्रेका सर–समानहरु नष्ट गरिएको छ । उधोग बाणिज्य संघ लहान सिरहाका अध्यक्ष अशोकलाल आमात्य , प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सप्तरी राजबिराजका अधिकृत सुरेश कुमार सिंह , राष्ट्रिय उपभोक्ता मञ्च सिरहाका अध्यक्ष रामानन्द गुप्ता ,शस्त्र प्रहरी बेश क्याम्प लहानका डिएसपी बिनोद थापा , ईलाका प्रहरी कार्यालय लहानका प्रतिनिधि , सरोकारवाला निकायका प्रतिनिधिहरु लगायतको रोहवरमा बजार अनुगमन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤