चौधरीद्वयको पुनः एक समाजिक कार्य मल्लिक बालकलाई कक्षा दश सम्म निशुल्क पढाईदिने घोषणा

  • पुस २४, २०७७
  • १३६२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान २४ , पौस । सिरहाको लहान नगरपालिका वडा नम्बर –४ बस्ने अभा मल्लिकको छोरा कृष्ण मल्लिक लाई समाजसेवी महेश चौधरी र संगिता कर्माचार्य जोडिद्वयले कक्षा दश सम्म निःशुल्क पढाईदिने घोषणा गरेको छ । करिव चार बर्षिय बालक कृष्णा मल्लिकको स्कुल खर्च , किताव, कपी , कपडा स्कुल फि लगायत सम्पुर्ण खर्चको जिम्मा नेपाली काङ्ग्रेसका युवा नेता समेत रहनुभएका चौधरीले लिएको हो । पौस १० गते उनको वुवा दिपेन्द्र मल्लिक जण्डिसका कारण अल्प–आयुमै स्वर्गवास हुनुभएको थियो । भुमिहिन , बिपन्न परिवार रहेकी उनकी आमा आभा मल्लिक दैनिक ज्यालादारीको रुपमा अरुको घरमा सरसफाई गरी जिविकोपार्जन गर्दै आईरहेकी छिन् । आर्थिक अवस्था आसाध्यै कमजोर रहेको मल्लिक परिवारको तिन छोरी र एक छोरा छन् । कृष्णा सबै भन्दा कान्छो छोरा हो ।received_237713661126016 छोरालाई कक्षा १० सम्म पढाउने जिम्मा लिएपछी आफु आसाध्यै खुसी भएको कृष्ण कि आमा आभा मल्लिकले बताईन् । बिहिवार चौधरीद्धयले स्व. दिपेन्द्र मल्लीकको (सराध) भोज समेत गरिदिएको छ । मृत्युभोजको बहिस्कार गर्दै आईरहेको चौधरीले मल्लिक जातीले भोज दिनैपर्छ भनेर उनको परिवारमा दवाब आएको खवरपाएपछी करिब दुई सय जनाको खाना पुग्नेगरी भोज कार्यक्रमको आयोजना गरिदिएको मल्लिकका परिवारिकले बताए । चौधरीद्धयले आमा र छोराछोरीका लागी कपडा पनि दान गरेको छ ।

प्रतिक्रिया दिनुहोस

स्नेह वृद्धा आश्रम ल ...

लहान, पुस १३ । सिरहा जिल्लाको लहानमा रहेको स्नेह वृद्धा आश्रम लहानको बैठक आश्रमकी अध्यक्ष रिता कुमार ...

युवा नेता दुबेले गरे ...

कलैया १३ पौष। कलैया उप–महानगरपालिका वडा नम्बर ५ मा अवस्थित द रोयल कटेजलको शनिबार एक विशेष समार ...

लहान नगरपालिकाद्वारा ...

ओम प्रकाश यादव लहान, पुष १३ । मधेश प्रदेशमा चिसो बढ्दै गएपछि लहान नगरपालिकाले दलित तथा विपन्न समुदाय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१