बलान विहुलमा सहाकारी संस्थाको सातौ साधारण सभा सम्पन्न

  • पुस २४, २०७७
  • ८७७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रासिन्द्र यादव लहान २४ , पौस । सप्तरी जिल्लाको बलान विहुल गाउँपालिका वडा नम्बर – ५ रामनगरमा वुधबार सहाकारी संस्थाको सातौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । रामनगर साना कृषि सहकारी संस्था लिमिटेडको सातौ साधारण –सभा सम्पन्न भएको संस्थाका अध्यक्ष रामचन्द्र यादवले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष दयानन्द गोईतको प्रमुख आतिथ्य र गाउँपालिका उपाध्यक्ष रुबि गुप्ताको बिशिष्ठ आतिथ्यमा कार्यक्रम भएको थियो । सभामा संस्थाका अध्यक्ष रामचन्द्र यादवले प्रगती प्रतिबेदन समेत प्रस्तुत गरेका थिए । २०७० साल श्रावण १ गते देखी सो सहकारी बिधिबत रुपमा दर्ता भई हाल संस्थाले समुदाय स्तरमा करौडौ कारोवार गरिरहेको अध्यक्ष यादवले सुनाए । ऋण लगानी असुली , बचत संङ्कलन , पशु बिमा , दुध संङ्कलन तथा प्रशोधन , रेमिटान्स सेवा लगायतमा सहकारी संस्थाले महत्वुर्ण कार्यहरु गरेको उनले बताए । गाउँपालिका अध्यक्ष दयानन्द गोईतले सहकारी संस्थाद्धारा संचालित दुध चिलिङ्ग भवनको समुदघाटन गरेको छ । कार्यक्रममा वडा नम्बर – ५ का वडा अध्यक्ष बिन्देश्वर यादव , पुर्व जिल्ला शिक्षा अधिकारी गंगाराम यादव , बिशेश्वर स्मृति प्रतिष्ठानका अध्यक्ष नागेश्वर यादव , सचिव दिगम्बर यादव , वडा सदस्य मुखालाल यादव , बरिष्ठ समाजसेवी संजिव यादव , जसपाका नेता दुःखी यादव , सत्यनारायण यादव लगायतले कार्यक्रममा शुभकामना मन्तब्य राखेका थिए । सहाकारी संस्थामा आबद्ध उकृष्ट किसान र सहाकारी संस्थाप्रति महत्वपुर्ण योगदान दिएको व्यक्तित्वलाई सम्मानका साथै मायाको चिनो पनि प्रदान गरेको थियो । गाउँपालिकाका सव – ईन्जिनियर संतोष रजक , वडा अध्यक्ष विन्देश्वर यादव , लक्ष्मी गाई फर्मका संचालक रामवावु यादव , माँ कालि भैंसि र्फमका संचालक रामवावु यादव , लगायतलाई कदरपत्र दौसाला ओढाई सम्मान समेत गरेको थियो । हजारौको सदस्यहरुको उपस्थिति रहेको कार्यक्रममा आशाराम यादवले उदघोष गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

जसपा नेपाल सिरहाद्वा ...

ओम प्रकाश यादव, लहान साउन १८ । जसपा नेपाल सिरहा द्वारा सिरहा जिल्ला अधिकारीलाई ध्यानाकर्षण  ...

नारायणी अस्पतालमा पह ...

वीरगंज १८ साउन । वीरगंजको नारायणी अस्पतालमा छाला सम्बन्धी एक दुर्लभ, प्राणघातक र जटिल रोग टक्सिक इपि ...

एनआरएनए कतारको कार्य ...

शियाराम यादव-२अगस्त २०२५ गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको ११औं राष्ट्रिय अधिवेशन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१