सिरहा पुस २४ गते । सिरहामा जनता आवास कार्यक्रम अन्र्तगत दलित विपन्न परिवारका लागि घर निमार्ण कार्यमा वयापक अनियमितता भइरहेको पाइएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्ग सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यलय राजविराजले सिरहा जिल्ला भरिमा करिब ४ सय घर निर्माण थालेको छ । राजस्व छलीगर्ने योजना सहित घर निर्माणको लागि उपभोक्ता समिति गठन गरी अधिकाँस सहरी विकास कार्यालयकै कर्मचारीको मिलेमत्तोमा ठेकेदारलाई भवन निर्माणको जिम्मा दिइएको छ ।
गोलबजार नपा ९ डण्डाटोलको मलिक टोलमा ८ घर निर्माणको लागि उपभोक्ता समिति बनाएपनि गोलबजारको संजित निमार्ण सेवाका प्रो.सत्य नारायण नायकलाई घर निर्माणको सम्झौता गरी जिम्मा दिइएको छ । सम्झौता पेपरमा योजना अनुसार घर निर्माण कार्या सम्पन्न भएपछि सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यलय राजविराजले दिएको चेक विना सर्त ठेकेदार कम्पनीलाई दिनुपर्ने उल्लेख गरिएको छ । समयमै काम सम्पन्न गर्न सक्दैनौ भन्दै सहरी विकासकै कर्मचारीले ठकेदार खोजेर ल्याईदिएको समितिका सदस्यहरूले बताएका छन्।
‘हाकीमले तिमीहरू काम कामगर्न कसक्दैनौ भने,हामी पनि यत्रो लगानी गर्नसक्ने अवस्थामा छैनौ,’ उपभोक्ता समितिका अध्यक्ष सकुन्ति मलिकले भने, ‘आफैले काम गर्न नसक्ने भएपछि सरहरूले ल्याउनुभएको ठेकेदारलाई सम्झौता गरेरै कामको जिम्मा दिएका हौं ।’ जनता अवास उपभोतmा समिति कार्यविधि अनुसार लाभग्राहीलाई उपभोक्ता समिति गठन गरी भवन निर्माण गर्न जिम्मा दिने भनिएपनि उपभोक्ता समितिका पदाधिकारीलाई तिमिहरूले कामगर्न सक्दौनौ भन्दैन ठेक्केदार लगाई भवन निमार्णको जिम्मा दिएको हो। ठकेदारले र कर्मचारीको मिलेमत्तोमै कमशल निर्माण सामाग्रि प्रयोग गरीगरेको उपभोक्ताहरूको गुनासो रहँदै आएको छ । साइड यन्जिनियर श्रीदेव साहले पनिा केही घरहरूमा दुईनम्वर इटा प्रयोग भएको स्वीकार गरेको छ ।
प्रयोग भएकोहरू बाहेककालाई अव १ नम्वर इटा नै प्रयोग गासाउने उनले प्रतिवद्धता जनाएको छ । उपभोक्ता समितिले ठेकेदारलाई ठेक्का दिएको विषयमा भने उनले ठेक्का दिन नमिल्ने बताए । उनले भने, ‘समिति आफैले काम गर्नु पर्ने हो, कतिपय अवस्थामा कामको जिम्मा सम्म दिन सकिन्छ, सम्झौता नै गरेर ठेक्का दिन मिल्दैन ।’ सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यलय राजविराजले २ कोठे घर र शौचालयको लागि लागि ३ लाख ३२ हजार पाँच सय रुपैयाँका दरले छुट्याएको छ । गोलबजारको ९ नम्वर वडामा मात्र ८ परीबारको लागि ८ वट घर र शौचालय निर्माण हुदैछ । सभार टुडे एक्सप्रेस
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2024 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic