ताजा समाचार

अभिभावक गुमाएका परिवारलाई आर्थिक संकट परेपछि कांग्रेस नेता चौधरीको सहयोग

  • पुस २४, २०७७
  • ८०७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २४ पौष ।सिरहाको लहान नगरपालिका वडा नम्बर ४ स्थित रहेको डाेम समुदायको ३५ बर्षिय जितेन्द्र मरिक लाई मृत्यु भएका छन्। जोनडिस कमलपित रोगबाट बिगत ४ महिना देखि ग्रसित भएका थिए। उपचारका लागी लहान, बिराटनगर लगायतका ठुल-ठुलो अस्पतालमा भर्ना राखे पनि उपचार संभव नभए पछी २०७७ पौष १० गते राति आफनै घरमा मृत्यु भएका छन्।

मरिकको मृत्युपछि उनको छोरा र श्रीमति बिच्चलितमा परेका छन्। स्थानीय काङ्ग्रेस नेता महेश चौधरी र महिला संघ की केन्द्रिय सदस्य संगिता कर्माचार्य ले बिचल्लीका कुरा सुन्दा हतपत श्रीमान र श्रीमती डाेम समुदायको समस्या बुझ्न् बस्तीमा पुगेका थिए ।

मृतक जितेन्द्र मरिकको १ एक काखे छोरा र ३ छोरी छिन ऊनीहरु के खाने भने आमा आभा मरिकलाई चिन्ताको विषय बनेका हुन्।आफुलाई जग्गा जमिन नभए पछि श्रीमान ले ज्याला ज्याला मजदुरी गरेर घर परिवार चलाउथे तर अब श्रीमान गुमेपछि ४ छोरा छोरीलाई कसरी पाल्न पोषन गर्ने चिन्ता छिन्। मृतकको छोरालाई कक्षा १० सम्म निजी विद्यालयमा पढाउने जिम्मा काङ्ग्रेस नेता महेश चौधरी र संगिता कार्माचार्यले लिएका छन् ।

मृतकको सम्पुर्ण क्रिया खर्च र शुक्रबार २०० सय जना लाई भोजखुवाउने कार्यक्रम रहेको छ भोजको सम्पुर्ण खर्च नेता चौधरी र कर्माचार्यले बेहोर प्रतिबध हुनुभएको छ । मृतक परिवारलाई समाजिक रूपमा भोज गर्न मान्सिक दबाब दिएका छ्न । यदि हामीले समाज लाई भोज कुवाएन भने हाम्रो समाजले आउने दिनमा हाम्रो छोरा,छोरीलाई भोज खान बाट बन्चित गर्ने मृतकको श्रीमती आभा मलिकले पत्रकार हरुलाई दुखेसो सुनाएका थिए । मृतकका श्रीमतीले चौधरी र कर्माचार्यलाई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤