तरकारी खेतीका एक सफल कृषक:सरकारी अनुदानको खाचो

  • पुस २३, २०७७
  • १०८० पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजेन्द्र महतो लहान पुस २३ गते।परम्परागत खेती गर्दै आइरहेका सिरहाको कर्जन्हा न . पा.-३ बन्दिपुरका किसान व्यवसायिक तरकारी खेतीमा आकर्षित भएका छन् । परम्परतागत खेती भन्दा व्यवसायिक तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि कर्जन्हा न. पा. -३ का किसान दिप नारायण साह व्यवसायिक तरकारी खेतीप्रति आकर्षित भएका हुन् । कम समय र थोरै लगानीबाट राम्रो आम्दानी हुने भएपछि किसान दिप नारायण साह परम्परागत खेती छोडेर व्यवसायिक तरकारी खेतीतिर तानिका छन् । कृषक साह ले आफ्नो ब्यक्ति गत ६ कट्टा जग्गा मा व्यसायिक तरकारी खेतीमा लागेका हुन्  । ६ वर्षअघि थोरै लगानीबाट व्यवसाय शुरु गरेका उहाँले अथक मेहनतका कारण बर्सेनि लाखौं रुपैया भन्दा बढी आम्दानी हुने गरेको किसान साह ले बताएका छन। अहिले तरकारी खेती गर्दा आम्दानी बढ्नुका साथै जीवनस्तरमा सुधार भएको कृषक दिप नारायण साहले बताएका छन। तरकारी खेती गरिरहेका साह ले अहिले ६ कठ्ठा जग्गामा व्यावासायिक तरकारी खेती गरिरहेका छन् । वहाले १.५कठ्ठामा आलु र २कठ्ठामा कोबी लगाएका छन् । बाँकी २.५ कठ्ठामा भण्टा , धनिया , लौका र सिमी खेतबारीमा लगाएका छन् । उनले ६ कठ्ठामामा बाह्रै महिना तरकारी उत्पादन गर्छन् । उनले आफू र श्रीमती संगै सिजनको बेला दैनिक पाँच सय रुपैयाँमा ४ -५ जनालाई ज्यालादारी काम दिने गरेका छन् उनको मिहिनेत कम्ती प्रेरणादायी छैन । उनी आफनै बैल गाडा ( टायर ) मा तरकारी बोकेर स्थानीय बन्दिपुर बजार जान्छन् । तरकारीबाट एक सिजनमा सबै खर्च कटाएर १ लाख भन्दा बढी रुपैयाँ बचत गर्छन। कर्जन्हा न . पा. वार्ड न -३ का प्रत्यासी वडाद्य्यक्ष प्रकाश कोइराला ले बीउ, मलखाद, सिँचाइ आदि सम्पूर्ण काम किसानले आफैँले गरिरहेकोमा सरकारी अनुदान भएमा किसानले झन् राम्रो गर्ने बताउँछन् । तरकारी खेतीको लागि अहिलेसम्म सरकारी अनुदान केही पनि नपाउँदा सरकारप्रति किसानहरु क्षुब्ध देखिएको बताएका छ्न।

प्रतिक्रिया दिनुहोस

Together for Health, ...

ओम प्रकाश यादव लहान चैत २५ । सप्तरी र सिरहा जिल्लामा “Together for Health, Stand with Science& ...

कपिलवस्तु क्षेत्र नं ...

धर्मेन्द्र कुमार कुर्मी, विजयनगर  कपिलवस्तु चैत २४ । कपिलवस्तु क्षेत्र नं. ३ का प्रतिनिधिसभा सद ...

लहानमा ट्राफिक प्रहर ...

रहमुल, लहान २३ चैत्र । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान, सिरहाका प्रमुख ट्राफिक प्रहरी निरीक्षक श ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१