४५ लाख रकम ठगी गरेर संदिप यादव फरार : पीडित सरोज यादव पत्रकार र प्रहरीलाई गुहार्दै

  • पुस २३, २०७७
  • ८८५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २३ पौष - जग्गा बेच्ने बहानामा ४५ लाख रुपैयाँ ठगी गरेर एक युवक फरार भएका छन् । सिरहाको कल्याणपुर नगर पालिका वडा नम्बर ९ डुमरी टोलका रामप्रताप यादब मोहन का २९ वर्षिय संदिप यादवले २०७७ असार अन्तिम साता यता ६ महिना भित्र पटक - पटक जग्गा दिने नाममा बैंकबाट नगद ४५ लाख रकम लिई ठगी गरेका छन् । सिरहाको बरियारपटि गाउँ पालिका वडा नम्बर १ का बरीस लाल यादवको २० बर्ष को छोरा सरोज कुमार यादवलाई ललाई फकाई गरी लहान नगर पालिकाको टाउन पलानिङमा रहेको एक काठा क्षेत्रफलको जग्गा मेरै हो भन्दै प्रति कठा २२ लाखको दरले बेच्छु भनेर बरियारपटि गाउँ पालिकाका नर्गी गाउँका सरोज यादव संग बैना रहने गरी साधारण कागज बनाई कामना सेवा बिकास बैंक मार्फत पटक - पटक यादव संग रकम ठगी गरेको छ । बीचबीचमा मलाई यो काम छ त्यो काम छ बहाना बनाएर सरोज कुमार यादव संग रकम लिएका पीडित सरोज कुमार यादव ले पत्रकार समेलनमा ब्याम दिएका हुन् । पछी बुझदा उक्त जाग्गा संदिप यादवको नाउँमा नरहेको खुलनमा आएको छ् । पीडित सरोजलाई संका लागे पछि पैसा लिन पटक- पटक तागेदा गर्न थाले पछि आज दिन्छु भोलि दिन्छु भन्दै परार भएका छन् । संदिप सम्पर्क बिहिन भए पछि उसको घर मा रहेको आमा बुबा ले छोराले लिएको रकमको प्रमाण हेर्न दिदा आमा बुबा स्वीकार गरेका छन् । संदिप यादवको साथी सप्तरीको रमपुराको सन्तोष मंण्डल ले सो पैसा उपलब्ध गराई दिन्छु जिम्मेवारी लिएका हुन् । मण्डल ले भने पैसा दिलाई दिन्छु कपाली नबनाउन भनेका हुन । संदिप यादवले कागज बनाई दिन छु पीडित सरोजलाई भन्दै आएका थिए । सन्तोष मंण्डलले कागज बनाउन न दिए पछी आफु लाई सन्तोष मंण्डल माथी संका लागेका हुन । पीडित यादवका अनुसार संदिप यादव र सन्तोष मण्डल दुबै जनाको मिलोमतोमा पैसा ठगेको आरोप लगाएका छन् । पीडित सरोजका अनुसार बुवा आमा लाई नसोधि नभनि मैले पैसा दिएको थिएन यो मेरो ठुलो गल्ती भयो मैले महसुस गरे उनले बताए ।

प्रतिक्रिया दिनुहोस

Together for Health, ...

ओम प्रकाश यादव लहान चैत २५ । सप्तरी र सिरहा जिल्लामा “Together for Health, Stand with Science& ...

कपिलवस्तु क्षेत्र नं ...

धर्मेन्द्र कुमार कुर्मी, विजयनगर  कपिलवस्तु चैत २४ । कपिलवस्तु क्षेत्र नं. ३ का प्रतिनिधिसभा सद ...

लहानमा ट्राफिक प्रहर ...

रहमुल, लहान २३ चैत्र । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान, सिरहाका प्रमुख ट्राफिक प्रहरी निरीक्षक श ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१