Siraha Times
ताजा समाचार

सिरहामा एक युवकको शव फेला

  • पुस २२, २०७७
  • १५५१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजेन्द्र महतो लहान पुस २२ गते।सिरहाको गोलबजार न. पा. मा एक युवकको शव मृत अवस्थामा फेला परेको छ। सिरहाको गोलबजार नगरपालिका -६ चौबटिया स्थित गोलबजार न. पा. -१२ का शिक्षक किशोर सिंहको अन्दाजी १८ वर्षीय  छोरा आनन्द  सिंहको शव  मृत अवस्थामा  फेला परेको हो । मंगलबार अबेर रातीसम्म नभेटाएका आनन्द बुधबार बिहान १०:३० बजे गोलबजार न. पा. -६ चौबटियामा मृत अवस्थामा फेला परेको प्रहरी ले जनाइएको छ। चौबटियामा स्थानीयहरुले  शव देखेपछि प्रहरी लाई खबर गरेको थियो । ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष राईका अनुसार शव मृत अवस्थामा भेटिएको हो, घटना कसरी र किन भएको हो भन्ने खुल्न सकेको छैन ।

वहाँ ले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। मृतक युवक गोलबजार -६ स्थित सृजना सेकेन्डरी बोर्डिङ स्कुलको कक्षा १० मा अध्यनरत थिए । मृतकको   शव पोस्मार्टमको लागि  जिल्ला अस्पताल सिरहा पठाइएको ईलाका प्रहरी कार्यालय गोलबजार ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

कृष्णनगर भन्सारले वा ...

कपिलवस्तु, साउन ३१ ।  लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाको ठूलो  भन्सार नाका कृष्णनगर भन्स ...

मारवाडी महिला मञ्च ल ...

लहान साउन ३० । मारवाडी महिला मञ्च, लहानद्वारा आयोजित सावन मेला २०८३ महिला उद्यमशीलता, आत्मनिर्भ ...

उठिबासको त्रासमा लहा ...

रहमुल, लहान, ३१ साउन । लहान नगरपालिका–३ स्थित विहारपुर टोलका स्थानीयवासी पछिल्लो समय घरजग्गा ख ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१