सिरहामा एक युवकको शव फेला

  • पुस २२, २०७७
  • १४६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजेन्द्र महतो लहान पुस २२ गते।सिरहाको गोलबजार न. पा. मा एक युवकको शव मृत अवस्थामा फेला परेको छ। सिरहाको गोलबजार नगरपालिका -६ चौबटिया स्थित गोलबजार न. पा. -१२ का शिक्षक किशोर सिंहको अन्दाजी १८ वर्षीय  छोरा आनन्द  सिंहको शव  मृत अवस्थामा  फेला परेको हो । मंगलबार अबेर रातीसम्म नभेटाएका आनन्द बुधबार बिहान १०:३० बजे गोलबजार न. पा. -६ चौबटियामा मृत अवस्थामा फेला परेको प्रहरी ले जनाइएको छ। चौबटियामा स्थानीयहरुले  शव देखेपछि प्रहरी लाई खबर गरेको थियो । ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष राईका अनुसार शव मृत अवस्थामा भेटिएको हो, घटना कसरी र किन भएको हो भन्ने खुल्न सकेको छैन ।

वहाँ ले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। मृतक युवक गोलबजार -६ स्थित सृजना सेकेन्डरी बोर्डिङ स्कुलको कक्षा १० मा अध्यनरत थिए । मृतकको   शव पोस्मार्टमको लागि  जिल्ला अस्पताल सिरहा पठाइएको ईलाका प्रहरी कार्यालय गोलबजार ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

स्नेह वृद्धा आश्रम ल ...

लहान, पुस १३ । सिरहा जिल्लाको लहानमा रहेको स्नेह वृद्धा आश्रम लहानको बैठक आश्रमकी अध्यक्ष रिता कुमार ...

युवा नेता दुबेले गरे ...

कलैया १३ पौष। कलैया उप–महानगरपालिका वडा नम्बर ५ मा अवस्थित द रोयल कटेजलको शनिबार एक विशेष समार ...

लहान नगरपालिकाद्वारा ...

ओम प्रकाश यादव लहान, पुष १३ । मधेश प्रदेशमा चिसो बढ्दै गएपछि लहान नगरपालिकाले दलित तथा विपन्न समुदाय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१