ताजा समाचार

भगवानपुरमा लैङ्गिक समानता निति विषयक एक दिने अन्तरक्रिया

  • पुस २२, २०७७
  • १९५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान २२ , पौष । सिरहाको भगवानपुर गाउँपालिकामा गत पौष १५ गते वुधवार लैङ्गिक समानता नितिको आव्यश्यकता बिषयक एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ओरेक नेपालकोको समन्वय र भगवानपुर गाउँपाकिलाको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको ओरेक नेपालका जिल्ला संयोजक शर्मिला निरौलाले जानकारी दिनुभयो । गाउँपालिकामा लैङ्गिक समानता निति निर्माणका साथै कार्यान्वयन गर्ने उदेश्यले कार्यक्रमको आयोजना भएको महिला पुनस्र्थापना केन्द्रका प्रतिनिधी नितु वछारले जानकारी दिनुभयो । अन्तरक्रिया कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बेचन प्रसाद यादवले गाउँपालिकामा लैङ्गिक समानता निति कार्यान्वयन गर्न पछी नहट्ने प्रतिबद्धता गरेको छ । समाजमा महिला पुरुष तेस्रोलिङ्गी लगायतको बिभेद कायमै रहेकोले यि बिभेद अन्त्यगर्न आगामी दिनमा गाउँपालिकामा शसक्त अभियानको रुपमा लैजाने अध्यक्ष यादवले प्रतिबद्धता गरेको छ । विकासको पुर्वाधारको एक सुचक मध्ये लैङ्गिक समानता निति रहेको कारण समाजमा बिधमान जातिय विभेद , धार्मिक विभेद , महिला पुरुष आदि भेदभावका कारण विकास निर्माणको कार्यमा बाधा पुगिरहेको गाउँपाकिलाका प्रमुख प्रशासकिय अधिकृत दिलिप कुमार यादवले बताउनुभएको छ । कार्यक्रमको सहजिकरण ओरेक नेपालका जिल्ला संयोजक शर्मिला निरौलाले गरेका थिए भने कार्यक्रममा वडा नम्बर – १ का वडा अध्यक्ष बद्रिनारायण यादव , वडा नम्बर – २ का वडा अध्यक्ष तेज नारायण चौधरी लगायत गाउँपाकिलाका उपाध्यक्ष सितादेवी यादव लगायत कार्यपाकिलाका सम्पुर्ण पदाधिकारीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्ने अधिकांशले लैङ्गिक समानताका लागी पाकिलामा निति आब्यश्यक रहेको निष्कर्ष निकालेका थिए ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤