Siraha Times
ताजा समाचार

आगोमा पोलिएर घाइते भएकी जिबछी महतो की बिचल्ली

  • पुस २२, २०७७
  • १०५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २२ पौष - सिरहाको धनगढीमाई नगरपालिका १० की २२ वर्षि जिबछी महतो की बिच्ली भएको छ। दिपावली पर्व मनाई रहदा आफनै घरमा ज्युमै आगो सल्केर घाइते भएकी हुन् । करिब ५ बर्ष अगाडि धनगढीमाई नगरपालिका १० का सुरेश महतो संग मागी बिवाह भएको थियो। उनि अहिले अशक्त अबस्थामा रहेकी छिन । अहिले जीबछी की सानो काखे बच्चा छिन् । महतो की उपचारका लागि लहान स्थित रहेको लहान अस्पताल र सप्तषी अस्पतालमा उपचार गराउन ल्याईएको थिए । जिबछि की अवस्था यस्तो भए पछि श्रीमान सुरेश कुमार महतो र सासु - ससुरा समेत वास्ता नगरेको अवस्था रहेको छ । श्रीमान सुरेश महतो श्रीमती उपचारको लागी आर्थिक सहयोग मागन गाउँ पुगने गरेका छन् । गाउँमा महतो लाई कसैले ऋण सापट न दिएको अबस्था रहेको छ। महतो को घर आर्थिक रुपले दैनिय रहेको छ । उपचारमा सहयोगको लागी कुशबाहा विद्यार्थी कल्याण समाज सिरहाका निबर्तामान अध्यक्ष मुकेश महतो , महिला मानव अधिकार कर्मि तथा समाज सेबि रिता महतो की पहलमा उपचारको लागि प्रवासी कुशबाहा कल्याण समाज दोहा कतारले ५३००० हजार नेपाली रुपैया सहियोग गरेका छ्न । सहयोग कै लागी लहान स्थित रहेको समग्र जनउथान केन्द्रले १०,००० हजार सहयोग गरेका छन् । उनकी उपचारमा सहयोगका मानव अधिकारको क्षेत्रमा काम गर्ने सहयोगी संस्थाहरुमा मुक्ती नेपाल ,ओरेक नेपाल एमनेसटि ईनटरनेशनल को बाबु राम सग विभिन्न NGO र INGO हरु द्वारा अझै सहयोगको अपेक्षा भई रहेको बताए । प्रबासी कुशबाहा कल्याण समाजका अध्यक्ष बिनोद कुशबाहा ,कार्यकारी अध्यक्ष शिव कुमार महतो, उपाध्यक्ष शिब कुमार महतो मंहासचिव मनोज कुमार महतो, कोषाअध्यक्ष उमेष कुमार सिंह लगायत कुशवाहाहरुको एक समुहले सहयोग गरेका अध्यक्ष बिनोद कुशवाहाले जानकारी दिनुभयो । हाल घाइते जिबछि की उपचार सिरहा अस्पतालमा भईरहेको परिवारजले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

जेन्जी आन्दोलनका क्र ...

ओम प्रकाश यादव, लहान असोज २ । जेन्जी आन्दोलनका क्रममा लागूऔषध मुद्दामा जिल्ला प्रहरी परिसर काठमाडौँक ...

घर–घरको शान, स्वच्छत ...

ओम प्रकाश यादव, लहान असोज २ । सिरहा जिल्लाको लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरक ...

खडक नगरपालिकाको निःश ...

ओम प्रकाश यादव लहान असोज २ । खडक नगरपालिकाले नगरवासीको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्य ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१