Siraha Times
ताजा समाचार

घरमा कोही नभएको मौका छोपी सिरहामा एकजना किशोरी बलात्कृत

  • पुस २०, २०७७
  • १८२० पटक पढिएको
  • रामएकवाल राम
alt

राजेन्द्र महतो लहान पुस २० गते।सिरहाको गोलबजार मा एकजना किशोरी बलात्कृत भएकी छिन् । गोलबजार नगरपालिका वडा नं.– १३ दुर्गापुरका एक १५ बर्शिय किशोरी लाई गाउँकै २४ वर्षिय प्रकाश शर्माले घरमा कोही नभएको मौका छोपी बलात्कार गरेको घटना सार्वजनिक भएको हो । गत पुस १४ गते राती किशोरी घरमा एक्लै बसिरहेको बेला शर्माले जवर जस्ती करणी गरेको प्रहरी को अनुसन्धान बाट खुल्न आएको ईलाका प्रहरी कार्यालय गोलबजार ले बताएका छ्न।

पीडितका आफन्तले जर्बजस्तीकरणी सम्बन्धी इलाका प्रहरी कार्यालय गोलबजारमा उजुरी दर्ता गराएका छ्न। इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष राइले जवर जस्ती करणीको उजुरी आएको बताएका छ्न। वहाँ ले घटनाबारे अनुसन्धान भईरहेको र घटनामा संलग्नको खोजी कार्य भईरहेको बताएका छ्न।

आमा छोरी दुवैजना माओवली गएको र आमा चाहिँ कामविशेष ले उतै वसेपछि छोरीमात्र घरमा रहेको मौका छोपी शर्माले जवरजस्ती करणी गरेको बताइएको छ । स्थानीय अनुसार फूसको घर फोडेर शर्मा घरभित्र पसेर किशोरीलाई जवर जस्ती गरेको र उनीहरु दुई तीन जनाको समूहमा आएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१