सिरहामा सशस्त्र प्रहरी र एस.एस.वी द्वारा सिमा निरीक्षण

  • पुस १७, २०७७
  • ७८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा,पुस १७ गते । सिरहाको लगडी गडियानीमा रहेको सशस्त्र प्रहरी बल र एस.एस.वी लगडी द्वारा संयुक्त रुपमा सिमा निरीक्षण गरेको छ । विहिवार सशस्त्र प्रहरी बलका निरीक्षक अरुण भण्डारीको कमान्डमा ७ जनाको संख्यामा सशस्त्र प्रहरीका जवानहरु र सशस्त्र सिमा बलका कमान्डर रोषन बर्माको कमान्डमा सिमा निरीक्षण गरिएको हो । जोइन्ट पेट्रोल शुरु भएको पिलर न २६३/१३ देखि अन्त्य पिलर न.२६४/४ मा भएको सशस्त्र प्रहरी निरीक्षक अरुण भण्डारीले जानकारी दिए । संयुक्त गस्तीको मुल उदेश्य सिमा अतिक्रम भएको वा नभएको हेर्ने ,सिमा स्तम्भहरुको रेखदेख र सिमा क्षेत्र बाट हुने अबैध आयात निर्यातमा रोकथाम गर्ने उदेश्य रहेको उनले बताए । महिनामा १/२ पटक संयुक्त रुपमा निरीक्षण हुँदै आएको भण्डारीले सिरहा टाईम्सलाई बताए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा ए ...

रहमुल लहान कात्तिक २३ । “सुखी नेपाली, समृद्ध नेपाल” भन्ने मूल नाराका साथ नेपाल कम्युनिस् ...

लहान २४ का १६५ जना म ...

ओम प्रकाश यादव लहान, कार्तिक २३ । लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरीले स्वर्गीय श्रीमती सं ...

जनभावना बचत तथा ऋण स ...

लहान कात्तिक २१। जनभावना बचत तथा ऋण सहकारी संस्था लिमिटेड, धनगढीमाई नगरपालिका वडा नम्बर १ सिरहाद्वार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१