ताजा समाचार

स्वास्थ्य चौकी निर्माणलाई लिएर विरोध प्रर्दशन

  • पुस १६, २०७७
  • १३७० पटक पढिएको
  • सिरहा टाइम्स
alt

गैर संवैधानिक तरिकाले स्वास्थ्य चौकी निर्माण गर्न लागिएको भन्दै धनुषाको मिथिला बिहारी नगरपालिकामा भव्य विरोध प्रर्दशन गरिएको छ । मिथिला बिहारी नगरपालिका ३ स्थित मिथिलेश्वर स्वास्थ्य चौकी संघर्ष समितिको अगुवाईमा बिहीवार प्रर्दशन गरेको हो । नगरपालिकाका नगर प्रमुख अनिल यादवले गैर संवैधानिक तरिकाले मिथिलेश्वर स्वास्थ्य चौकीको स्तरनोन्तिको साटो आफनो गाउंमा स्वास्थ्य चौकीको शिलान्यास गरेको स्थानीयहरुले आरोप लगाएका छन । तोकेरै मिथिलेश्वर स्वास्थ्य चौकीको स्तरनोन्तिको लागि आएको बजेट बिना बोर्ड बैठक नगरपालिकाका नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलीभगतमा आफनो गाउंमा शिलान्यास गरेको नेपाली कांग्रेसका प्रभावशाली युवा रामपल्टन साहले बताएका छन । नेपाल सरकारको नीति तथा कार्यक्रम बमोजिम आर्थिक वर्ष २०७७र७८ को संघीय बजेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यक्रम अन्तर्गत प्रत्येक स्थानीय तहमा स्वास्थ्य चौकी एवंम प्राथमिक स्वास्थ्य केन्द्रहरुको स्तरनोन्तीका लागि अनुदान दिईएकोमा त्यसको बिपरित नगरपालिका गएको भन्दै प्रर्दशन गरिएको उनले बताए । संघर्ष समितिले आफनो मांग पुरा गर्न दबाब दिदै विभिन्न आन्दोलनको कार्यक्रम समेत घोषणा गरेको छ । आफुहरुको मांग पुरा नभएपछि कडा संघर्षमा उत्रिने संघर्ष समितिले जनाएको छ ।

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤