कोरोना भाइरस अर्थात कोविड –१९ बाट बच्न सुरक्षाका उपायहरु अबलम्बन अपनाउन सवारी चालकहरुलाई आग्रह

  • पुस १६, २०७७
  • १३३५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सप्तरी (कदमाहा) १६ पुस । विश्व व्यापी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस अर्थात कोविड –१९ बाट बच्न तथा रोग फैलिन नदिन व्यतिmगत तबरमा सुरक्षाका उपायहरु अबलम्बन गर्न सवारी चालकहरुलाई सडक सुरक्षा चेक जाँच अवधारणा ( आरएससीसी ) अन्तर्गत अस्थाई ट्राफिक प्रहरी पोष्ट कदमाहा सप्तरीले कडाईसाथ लागु गरेका छन् । सप्तरी जिल्लाको पूर्वि सिमाना भारदह तथा पश्मिी सिमाना कदमाहा अस्थाई ट्राफिक प्रहरी पोष्ट कदमाहा तथा जिल्ला ट्राफिक कार्यालय शम्भुनाथले लक्षित गरी ल्याइएको अवधारणाले सडक दुर्घटनामा कमी ल्याउनुको साथसाथै राजस्व संकलनमा समेत सहयोग गरेको छ । आरएससीसीले गर्दा नै यस जिल्लामा करिब ९० प्रतिशत सवारी साधनका कागज पत्रहरु दुरुस्त हुने गरेको पाइएको छ । सडक दुर्घटना दिनप्रति दिन बढदै गएकाले त्यसलाई केहि हदसम्म न्यून गर्न यो अवधारणा ल्याइएको अस्थाई ट्राफिक प्रहरी पोष्ट कदमाहा सप्तरीका प्रमुख टेक बहादुर बहादुरबस्नेतले जानकारी दिनुभयो ।

एक सताअघि मात्रै अघि आएका प्रमुख बस्नेतले संचारकर्मीसंग छोटो कुरा गर्दै भने — बढ्दो सवारी दुर्घटनालाई न्यूनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथ सप्तरीले सवारी चेक जाँचलाई कडा बनाएको छ । “सवारी चालकको स्वास्थ परिक्षण गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाउ आफु पनि बचौ अरुलाई पनि बचाउँ, सडक छेउमा ट्राफिक चिन्ह हेरी सुरक्षीत रुपमा गाडी चलाउ,पैदल यात्रुलाई प्राथमिकता दिने गरौ, यात्रा गर्दा अनिवार्य रुपमा सर्जिकल मास्कको प्रयोग गरौ” भन्ने मुल मन्त्रका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथ सप्तरीले चेक जाँच लगायतको कार्यलाई तिब्रता दिएको छ । सडक दुर्घटना बढदै जानथालेपछि जिल्ला ट्राफिक कार्यालय सप्तरीले दुर्घटना न्यूनिकरण तथा नियणत्रणका लागि हामीले सडकमा विभिन्न किसिमिका चेक जाँचदेखि ट्राफिक नियम सम्बन्धि जनचेतना मुलक सन्देशहरु चलाई रहेको अस्थाई ट्राफिक प्रहरी पोष्ट कदमाहा सप्तरीका ट्राफिक प्रहरी हवल्दार बिमल साहले जानकारी दिए ।

सडक पुरानै छ, सवारी साधनको चाप दिनानुदिन बढदै , ओभर टेकका साथै मादक पदार्थ सेवन गरेका लगायतका विभिन्न समस्याले सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढदै गएको उनले बताए । हामीलाई मात्र उल्टै दोष लगाउन छन । सवारी चालकले राजस्व उठाउन ट्राफिक प्रहरीले अनाहकमा दुःख दिने गरेको कहिकतैबाट सुनिन्छ तर पनि नियमको अधिनमा बसेर हामी ट्राफिक प्रहरीले चेकजाँच गर्ने गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

शिक्षा बन्द, सरकार च ...

दिलीप कुमार यादव सप्तरी रुपनी, वैशाख ७। देशमा शिक्षाको संकट झनै भयावह बन्दै गएको छ । सरकार मन्त्रीहर ...

प्रादेशिक अस्पताल सि ...

    नरेशचन्द्र बरबरिया सिरहा बैशाख  ६ । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस् ...

मिटरब्याज विरुद्ध कि ...

सिरहाटाइम्स लहान वैशाख ६ । मिटरब्याज विरुद्ध किसन मजदुर आन्दोलन, नेपाल मिथिला कमाण्ड सिरहा जिल्ला सम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१