Siraha Times
ताजा समाचार

सरकारसँग सम्झौता गरेको भोलिपल्टै एक उखु किसानको मृत्यु,

  • पुस १४, २०७७
  • ७५६ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं : प्रदेश नं २ स्थित रौतहतको चिनी मिलबाट बक्यौता रकम पाउनका लागि आन्दोलनरत् उखु किसान संघर्ष समितिले सरकारसँग सम्झौता गरेको भोलिपल्टै एक किसानको मृत्यु भएको छ । बक्यौता माग गर्दै १६ दिनसम्म माइतीघरको आन्दोलनमा सहभागी सर्लाही धनकौल छोटवल टोलका उखु किसान ६५ वर्षीय नारायण राय यादवको हृदयघातका कारण मंगलबार निधन भएको छ । उनलाई हृदयघात भएपछि चावहिलको हेल्पिङ ह्याण्ड अस्पताल पुर्‍याइएको थियो त्यसपछि उक्त अस्पतालले गंगलाल रिफर गर्यो र अस्पताल पुर्‍याएको दुई घण्टामा नै उनको निधन भएको थियो ।

यादवको मंगलबार बिहान शहीद गंगालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा निधन भएको उखु किसान आन्दोलनमा सहभागी अर्का किसान मुकेश ठाकुरले बताए ।यादवलाईमंगलबार विहान हृदयघात भएको थियो । उनी मंसिर २८ गतेदेखि नै माइतीघरको किसान आन्दोलनमा सहभागी थिए । समाजवादी पार्टी सर्लाहीका नेता केदारनन्द चौधरीका अनुसार सोमबार सरकासंग भएको किसान आन्दोलन सम्झौता प्रति उनले असहमति राखेका थिए ।

त्यसैले यसपटक पैसा नपाउन्जेलसम्म आन्दोलन नरोक्ने अडानमा थिए । तर फेरि पनि भुक्तानी नहुँदै सरकारले उखु किसानसँग चारबुँदे सम्झौता गर्यो । फेरि पनि पैसा नपाउने हो कि भन्ने तनावले गर्दा उनलाई हृदयघात भएको निकट स्रोतले बताएको छ । मृतक यादवले अन्नपूर्ण चिनी मिलसँग २४ लाख ६३ हमार रुपैयाँ पाउन बाँकी थियो । मृतक यादवको बैंकको १८ लाख रुपैयाँ ऋण रहेको निकट स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

मधेश प्रदेशकै दोस्रो ...

असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश्रम मुक्त नगरपालिका ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

चार मन्त्रालयसँग कान ...

काठमाडौं असार ४। कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले समयानुकूल र प्रभावकारी कानून नि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१