सप्तरीको धात्तीबजारमा पनि सरकारको बिरोध प्रर्दशन तथा जनसभा

  • पुस १३, २०७७
  • १३५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रासिन्द्र यादव सप्तरी १३, पौष । नेकपाको ओलि सरकारले गरेको संसद विघटनको असंबैधानिक कदम प्रती आज सप्तरीमा पनि व्यापक प्रर्दशन भएको छ । देशभरका १ सय ६५ निर्वाचन क्षेत्रमा एकै साथ आज प्रदर्शन तथा जनसभा गरिएको छ । सोही अनुरुप सप्तरीको क्षेत्र नम्बर- ४ मा पनि व्यापक प्रदर्शन तथा जनसभा भएको आयोजकले जनाएको छ । नेपाली काङ्ग्रेस सप्तरी क्षेत्र नम्बर ४ का संघिय क्षेत्रीय सभापति किरण कुमार भगत , प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य तेजुलाल चौधरी , बिशिस्ट अतिथी माननीय नमिता चौधरी , सुरुङ्गा नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ चौधरी , उपप्रमुख बिन्दादेवी पासवान , नेकाका नेता जितेन्द्र कुमार यादव , रामउदगार यादव लगायत जिल्ला ,प्रदेश ,पार्टिका विभिन्न भातृ संगठनका पदाधिकारीहरुको उपस्थिति रहेको युवा नेता बरिस्ठ समाजसेवि मो. उल्फतले जानकारी दिनुभएको छ ।

सुरुङ्गा नगरपालिकाको वडा नम्बर - ८ धातिबजार स्थित भएको आजको कार्यक्रम ब्यबस्थापनको सम्पुर्ण जिम्मा युवा नेता तथा बरिस्ठ समाजसेवि मो. उल्फतले गरेका थिए । हजारौंको सहभागीतामा भएको जनसभा कार्यक्रमको स्वागत मन्तव्य युवा नेता मो. उल्फतले राखेका थिए भने उदघोषक अशोक चौधरीले गरेको आयोजकले जनाए । नेकाले प्रजातन्त्र , लोकतन्त्र परिवर्तनका लागि ठुलो आन्दोलन गरेको नेताहरुले बताए । काङ्ग्रेसले आज सम्म देशमा ठूलो परिवर्तन गर्ने पार्टी हो । सरकारले संसद विगठ्न गरेर ठूलो भुल गरेको लोकतन्त्रमा प्रहार गरेको काङ्ग्रेसको ठहर छ । ओलि सरकारले यस्ता असम्बैधानिक कदम नसच्याए निरन्तर संघर्ष गर्ने नेकाका बोल्ने बक्ताहरुले बताए ।

प्रतिक्रिया दिनुहोस

मापदण्ड विपरीत रासाय ...

रहमुल, लहान ९ पुस । सुक्खा खडेरी व्यवस्थापन, खाद्य सुरक्षा तथा जलवायु सहनशीलता अभिवृद्धिका लागि बाली ...

क्यान्सर पीडित दासला ...

ओम प्रकाश यादव लहान पुष ९ । सिरहा सेवा समाज, कतारले क्यान्सर रोगबाट पीडित एक नागरिकलाई उपचारका लागि ...

दलित जनकल्याण युवा क ...

ओम प्रकाश यादव लहान, पुष ७ । दलित जनकल्याण युवा क्लब लहान, सिरहाको १९औँ वार्षिक सामाजिक लेखाजोखा कार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१