ताजा समाचार

सप्तरीको धात्तीबजारमा पनि सरकारको बिरोध प्रर्दशन तथा जनसभा

  • पुस १३, २०७७
  • १४८३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रासिन्द्र यादव सप्तरी १३, पौष । नेकपाको ओलि सरकारले गरेको संसद विघटनको असंबैधानिक कदम प्रती आज सप्तरीमा पनि व्यापक प्रर्दशन भएको छ । देशभरका १ सय ६५ निर्वाचन क्षेत्रमा एकै साथ आज प्रदर्शन तथा जनसभा गरिएको छ । सोही अनुरुप सप्तरीको क्षेत्र नम्बर- ४ मा पनि व्यापक प्रदर्शन तथा जनसभा भएको आयोजकले जनाएको छ । नेपाली काङ्ग्रेस सप्तरी क्षेत्र नम्बर ४ का संघिय क्षेत्रीय सभापति किरण कुमार भगत , प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य तेजुलाल चौधरी , बिशिस्ट अतिथी माननीय नमिता चौधरी , सुरुङ्गा नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ चौधरी , उपप्रमुख बिन्दादेवी पासवान , नेकाका नेता जितेन्द्र कुमार यादव , रामउदगार यादव लगायत जिल्ला ,प्रदेश ,पार्टिका विभिन्न भातृ संगठनका पदाधिकारीहरुको उपस्थिति रहेको युवा नेता बरिस्ठ समाजसेवि मो. उल्फतले जानकारी दिनुभएको छ ।

सुरुङ्गा नगरपालिकाको वडा नम्बर - ८ धातिबजार स्थित भएको आजको कार्यक्रम ब्यबस्थापनको सम्पुर्ण जिम्मा युवा नेता तथा बरिस्ठ समाजसेवि मो. उल्फतले गरेका थिए । हजारौंको सहभागीतामा भएको जनसभा कार्यक्रमको स्वागत मन्तव्य युवा नेता मो. उल्फतले राखेका थिए भने उदघोषक अशोक चौधरीले गरेको आयोजकले जनाए । नेकाले प्रजातन्त्र , लोकतन्त्र परिवर्तनका लागि ठुलो आन्दोलन गरेको नेताहरुले बताए । काङ्ग्रेसले आज सम्म देशमा ठूलो परिवर्तन गर्ने पार्टी हो । सरकारले संसद विगठ्न गरेर ठूलो भुल गरेको लोकतन्त्रमा प्रहार गरेको काङ्ग्रेसको ठहर छ । ओलि सरकारले यस्ता असम्बैधानिक कदम नसच्याए निरन्तर संघर्ष गर्ने नेकाका बोल्ने बक्ताहरुले बताए ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤