Siraha Times
ताजा समाचार

लहानमा नयाँ निर्माण गर्न लागेको राम मन्दिर बिवादमा

  • पुस ८, २०७७
  • ९२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ८ पुष - सिरहाको लहान नगरपालिका वडा नम्बर ७ स्थिति रहेको राम मन्दिरको नयाँ निर्माण संरचना बनाउँन लगदा स्थानीयहरुले बिरोध जनाएका छन्। २००४ सालमा स्थानीय वडा नम्बर ७ बस्ने स्वर्गीय हरिदेब शर्मा ले ब्यक्तीगत लगानीमा मन्दिर स्थापना गरेका थिए।स्वर्गीय हरिदेब शर्मा ले मन्दिरको पुजारी बनेर भगवान रामको पुजा अर्चना गर्न ब्यतित थिए।शर्माको छोरा र नाति, नातनाले ३ पुस्ता देखी मन्दिरको पुजा पाठ र संरक्षण गर्दै आएका हुन्। मन्दिरको परिसर भित्र रहेको पसल गर्ने ४ सटरको भाडाको रकमले मन्दिरको पुजारीले हात मुख जोडने गरेका छन । करिब ५० बर्ष देखि ४ वटा सटरमा पसल थापेर ब्यापार गर्दै आएका छन् ।

मन्दिरको सटरबाट मासिक २० हजार आम्दानी हुने गरेको पुजारी गिरी राज शर्माले बताए । मन्दिर तोडेर नयाँ बनाउन लाग्दा पुजारीलाई बिचल्ली भएको छ् । मन्दिर पुजारीको बाहिरी र घरायसी कुनै आम्दानी आय स्रोत नरहेको स्थानीय बुधिजिबी राम औतार शर्माले बताए। नयाँ निर्माण संरचना बनाउन लागदा पसल गर्ने कुनै सटरको नकसामा उल्लेख नरहेको देखिएको छ । मन्दिर निर्माणको लागि छुटयाएको रकम लहान नगरपालिकाको श्राहनि काम रहेको स्थानीयले बताए तर उक्त मन्दिर परिसर भित्र मन्दिरको आय स्रोतको लागि सटर बनाउन र मन्दिर पुजारीको ब्यवस्थापन गर्न मारवाडि युवा मञ्च का अध्यक्ष अभिनव मुरारकाको एक समुहले लहान नगरपालिकाको मेयर साहलाई आग्रह गरेका छन्।सोमबार लहानका मेयर साह ले उक्त मन्दिर निर्माणका लागि सिल्यानास गरेका छ्न।हिजो मारवाडि युवा मंन्च लहानले आयोजना गरेको आक्स्मिक बैंठकमा मेयर साहको उपस्थिति नरहेकोले बैंठक बिना निस्कर्शमा सकिएको लहान ७ का अध्यक्ष राकेश रोशन गुप्ताले जानकारी दिनु भयो ।

लहान नगरपालिकाले स्थानीय संग मन्दिर निर्माणको विषयमा कुनै सल्लाह र निर्णय नगरी बद्नियत पुर्ण तरीका निर्माण गर्न लागदा स्थानीयहरुले आपत्ति जनाएका छन् । मन्दिर बनाउन लहान नगरपालिकाको मुनि साहको स्थानीय सरकारले बजेट छुटयाएका छन् । लहान नगरपालिकाको कार्यालयले उक्त मन्दिरको पुरानो संर्चना भतकाएर नयाँ मन्दिरको लागि भ्याट सहित २ करोड १४ लाख ३० हजार २ सय ४६ पैसा बजे छुटयाई बिन्योजन गरेका छन्। राम मन्दिर बनाउन लहान नगरपालिकाको मुनि साहको स्थानीय सरकारले बजेट छुटयाएका छन् ।

प्रतिक्रिया दिनुहोस

बलान बिहुल गाउँपालिक ...

ओम प्रकाश यादव लहान, असार ११। सप्तरीको बलान बिहुल गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि करिब ५२ ...

बरियारपट्टी गाउँपालि ...

लहान, असार १० । बरियारपट्टी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ५७ करोड ८२ लाख ८२ हजार २ सय ८७ ...

नवराजपुर गाउँपालिकाक ...

ओम प्रकाश यादव लहान, असार १० । सिरहाको नवराजपुर गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशन सफलतापूर्वक सम्पन् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१