Siraha Times
ताजा समाचार

नेपाल रजक सेवा समाज द्वारा जनकपुरमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

  • पुस ७, २०७७
  • ११५२ पटक पढिएको
  • रामएकवाल राम
alt

जनकपुरधाम - नेपाल रजक सेवा समाज द्वारा जनकपुरमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।त्रेतायुगमा सुन्दर मिथिला नगरीको महर्षी राजा श्री जनकको सुपुत्री माता जानकी एवं अयोध्या नगरीको सुर्यबंशी राजा दशरथको सुपुत्र मर्यादा पुरुसोतम श्री रामचन्द्रको विवाह मार्ग सुक्ल पञ्चमी तिथिको दिनलाई अर्थात गत   19-12-2020 शनिवार विवाहपञ्चमीको दिन जनकपुरधाममा विभिन्न क्षेत्र बाट आएका श्रद्धालु तीर्थयात्रीहरुलाई नेपाल रजक सेवा समाज र रजक बंशी सेवा आश्रम द्वारा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो।

विभिन्न स्वास्थ्य सामग्रीको साथ सम्बन्धित
चिकित्सकहरु द्वारा जनकपुरको बह्रबिघामा स्वास्थ्य शिविर संचालन गरि नि:शुल्क स्वास्थ्य जाँच तथा नि:शुल्क औषधि वितरण गरि श्रद्धालुहरु लाई समाजका सहभागी समाज सेवीहरु रामवरण रजक, शिवेश्वर रजक ,रुपनारायण रजक,नरेन्द्र रजक, संतोष रजक, भोला साफी, बिष्णु दास र नरेश साफी द्वारा सेवा दिएका थिए।

सेवा नै धर्म हो मुल नाराका साथ रजक समाज पटक पटक गरिब तथा बिपन्न परिवारहरुलाई सेवा र सहयोग गर्दै आएकोछ। समाज हाल साउदी कतार दुबई मलेशिया भारत तथा नेपाल मा क्रियाशिल रहेको संस्थाका महसचिव नर्सिङ रजकले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

मधेश प्रदेशकै दोस्रो ...

असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश्रम मुक्त नगरपालिका ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

चार मन्त्रालयसँग कान ...

काठमाडौं असार ४। कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले समयानुकूल र प्रभावकारी कानून नि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१