ताजा समाचार

भगवान् श्रीराम र सीताको पूजा आरधना गरी आज देशभर विवाहपञ्चमी मनाइँदै

  • पुस ४, २०७७
  • १७६७ पटक पढिएको
  • रामएकवाल राम
alt

जनकपुरधाम: भगवान् श्रीराम र सीताको पूजा आरधना गरी आज देशभर विवाहपञ्चमी मनाइँदैछ । त्रेता युगमा आजकै तिथिमा राम र सीताको विवाह भएको सम्झनामा हिन्दू धर्मावलम्बीले हरेक वर्ष विवाह पञ्चमी मनाउँछन् । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन यो पर्व मनाइन्छ । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा आज विधिपूर्वक राम–सीताको विवाह गर्दै विशेष उत्सव मनाइँदैछ । त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारी भाँचेपछि राम र सीताको विहे भएको मान्यता छ । विवाहपञ्चमी अन्तर्गत जनकपुरधाममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ । यसवर्ष भने कोरोना महामारीका कारण विवाहपञ्चमी प्रभावित बनेको छ । अन्य वर्ष जस्तो आज चहलपहल छैन ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤