Siraha Times
ताजा समाचार

आत्महत्या गर्न लागेकी महिलालाई सशस्त्रले गरे उद्धार

  • पुस २, २०७७
  • १२०३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

श्रीकान्त झा  जनकपुरधाम पुस २ गते । आत्महत्या गर्न लागेका महिलालाई सशस्त्र प्रहरीले उद्धार गरेको छ । महोत्तरीको जलेश्वर नगरपालिका वाडा नम्वर १२ नैनीमा एक जना महिलाले आफनै श्रीमानले पटक पटक यातना दिएको भन्दै आत्महत्या गर्ने प्रयास गरेकी थिइन् । वेर्डर आउट पोष्ट जलेश्वरका सशस्त्र प्रहरी निरीक्षक बृख वहादुर शाहीले दिएको जानकारी अनुसार महोत्तरीको जलेश्वर नगरपालिका १२ नैनी निवासी २८ वर्षीय मझर अन्सारीले आफनै श्रीमती २५ वर्षीय नुरिया खातुनलाई पटक–पटक कुटपिट गर्ने, जथाभावि गाली गर्ने जस्ता हिंसात्मक गतिविधि गरिरहेको रिसमा आत्महत्याको प्रयास गरेकी थिइन् । सशस्त्र प्रहरी निरिक्षक शाहीले भने बुधवार पुनः श्रीमान श्रीमतीबीच झगडा पररे मझर अन्सारी भारततर्फ गए । उनकी श्रीमती नुरिया खातुनले आफनै घरको पंखामा सलको सहयताले झुण्डी रहेको अवस्थामा स्थानीयहरूले देखे लगतै सशस्त्र प्रहरीलाई खबर गरेका थिए । स्थानीयले खबर गर लगतै सशस्त्र प्रहरी निरिक्षक शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त महिलालाई उद्धार गरेको थियो । महिलाको घाँटीमा सलको रातो डाम बसेको छ । तथापि महिलाको जीवितै उद्धार गर्न सशस्त्र प्रहरी सफल भयो। उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस

मधेश प्रदेशकै दोस्रो ...

असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश्रम मुक्त नगरपालिका ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

चार मन्त्रालयसँग कान ...

काठमाडौं असार ४। कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले समयानुकूल र प्रभावकारी कानून नि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१