आँखाको स्वास्थ्य सम्बन्धि पत्रकारहरु संग अन्तरक्रिया

  • मंसिर ३०, २०७७
  • ८५४ पटक पढिएको
  • रामएकवाल राम
alt

प्रिन्स मिश्रा ,चन्द्रौटा कपिलवस्तु  - छन्द काले बाबू नारायणी आँखा अस्पतालले दृष्टि बिहिन न्यूनिकरण गर्न पत्रकारहरु संग अंतक्रिय कार्यक्रम गरेको छ । चन्द्रौटाको केलिओ होटलमा आयोजना गरिएको आधारभुत आँखा स्वास्थ्य कार्यक्रममा पत्रकारहरु सँग भएको छलफलमा मानिसहरुमा दृष्टिबिहिनको समस्या बढेकोले गर्दा यसको न्युनिकरण गर्न उज्यालो अभियान संचालन गरेको छन्द कालेबाबू नारायणी आँखा अस्पतालका प्रशासकीय अधिकृत जसराज विश्वकर्माले बताउनुभयो । 

लुम्बिनी प्रदेशमा दृष्टि बिहिनको संख्या ब्यापक रहेकोले गर्दा मानिसहरुलाई आँखा उपचार केन्द्र सम्मा ल्याउन अभियान संचालन गरिएको बिश्वकर्माले बताउनुभयो। विभिन्न विद्यालयका विद्यार्थी शिक्षक, पालिकाका जनप्रतिनिधि लगाएतहरु सँग दृष्टिबिहिन न्यूनिकरणको लागि छलफल तालिमहरु संचालन गरिएको विश्वकर्माले बताउनुभयो । लम्बिनी प्रदेशमा प्रत्येक वर्ष १५ हजार भन्दा बढी दृष्टिबिहिन हुने गरेको तथ्याङ् प्रस्तुत गर्दै नागरिकहरु उपचारको पहुँचमा नरहेको बताउनुभयो । कार्यक्रममा आँखामा लाग्ने सामान्य रोग र चोटपटक, आँखामा लगाउने औषधीको प्रयोग, दृष्टि दोष लगायतका विषयहरुमा आँखा अस्पतालका ओ.पि.डि इञ्चार्ज ओपेन्द्र चन्दले जानकारी दिनुभएको छ ।

आँखाको समस्यालाई सामान्य रूपमा लिदाँ अन्धोपनको समस्या हुन सक्ने र सर्तक रहन चन्दले आग्रह समेत गर्नुभयो । आँखा स्वास्थ्य कार्यक्रम छन्द कालेबाबु नारायणि आखा अस्पतालका प्रशासनिक समितिका संयोजक शारदा चौधरीको अध्यक्षतामा भएको र १७ जना पत्रकारहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

Together for Health, ...

ओम प्रकाश यादव लहान चैत २५ । सप्तरी र सिरहा जिल्लामा “Together for Health, Stand with Science& ...

कपिलवस्तु क्षेत्र नं ...

धर्मेन्द्र कुमार कुर्मी, विजयनगर  कपिलवस्तु चैत २४ । कपिलवस्तु क्षेत्र नं. ३ का प्रतिनिधिसभा सद ...

लहानमा ट्राफिक प्रहर ...

रहमुल, लहान २३ चैत्र । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान, सिरहाका प्रमुख ट्राफिक प्रहरी निरीक्षक श ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१