Siraha Times
ताजा समाचार

सिरहामा पचास जना दलित बालबालिकालाई न्यानेा लुगा वितरण

  • मंसिर २९, २०७७
  • १२८३ पटक पढिएको
  • संजय महरा
alt

सिरहा/ २९ मंसिर, सिरहा जिल्लाकाे कल्याणपुर नगरपालिका वडा नम्बर १ मा दलित भित्र पनि अति बिपन्न ५० जनामुसहर बालबालिकालाई न्यानो लुगा वितरण गरिएकाे छ । संयुक्त दलित माेर्चा कल्याणपुर सिरहाकाे संयाेजक संजय महराकाे पहलमा वितरण कार्य सम्पन्न भएको हाे । तराईमा जाडो बढेकाले मुसहर समुदायकोबालबालिकाहरू लाई जाडो बाटबच्न र जाडो कारणले विभिन्न राेग लाग्न बाट बच्नकाे लागि न्यानो कपडा विभिन्न सहयोगी हाथहरूकाे सहयाेगले कल्याणपुर नगरपालिका वडा नम्बर १काे वडाअध्यक्ष जयराम कामतिकाे उपस्थितिमा लुगा बितरण गरिएको छ । न्यानाे लुगा वितरण कार्यक्रममामा जनता समाजबादी पार्टीका युवा नेता धिरज मण्डल र समाजिक अभियन्ता मन्नु मण्डल लगायतकाे सहभागीता रहेकाे थियाे । संयुक्त दलित माेर्चा कल्याणपुर का संयाेजक संजय महराका अनुुसार जाडो माैसममा दलित बालबालिकालाई न्यानो लुगा नगरपालिका का १२ वटै वडामा वितरण गरिने बताउनुभयो । संयाेजक महराका अनुसार अति विपन्न दलित समुदायलाई लुगाफाटोकाे लागि सहयाेग गरिदिन सहयाेगि हाथहरूलाई अाग्रह समेत गरेकाे छ ।कल्याणपुर न.पा.भित्र १००० एक हजार जना दलित बालबालिकालाई न्यानाे लुगा वितरण गर्ने लक्ष्य रहेकाे समेत बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१