ताजा समाचार

सप्तरीमा माछा मार्ने विषयमा झडप हुँदा ४५ वर्षीया महिलाको मृत्यु

  • मंसिर २९, २०७७
  • ७३८ पटक पढिएको
  • रामएकवाल राम
alt

सप्तरी- सार्वजनिक पोखरीमा माछा मार्ने विषयमा सप्तरीको बोदेबर्साइनमा विवाद भएर झडप हुँदा आज बिहान एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बोदेबर्साइन नगरपालिका–३ की ४५ वर्षीया गङ्गीयादेवी मण्डल रहेको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले बताए । सो झडपमा अन्य चार जना घाइते भएको प्रहरीले जनाएको छ । त्यसमा एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  प्रहरी नायब उपरीक्षक साहका अनुसार सार्वजनिक पोखरीमा माछा मार्ने विषयमा आइतबार दिउँसो स्थानीयवासीबीच विवाद भएको थियो । सो विवाद बढ्दै जाँदा रातिसम्म दोहोरो झडप भएको जनाइएको । दुवै पक्षले बञ्चरो, भाटालगायतका घरेलु सामग्री बोकेर झडपमा उत्रिएपछि झन वादविवादले उग्ररुप लिएको थियो । सोही झडपका क्रममा घरेलु हतियार प्रहार भएर घाइते भएकी गङ्गीयादेवीको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान कार्य थालिएको प्रहरी नायब उपरीक्षक साहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤