जथाभावी पार्किङ गर्ने सवारी साधनलाई ‘जरिवाना देखि ह्वील लक

  • मंसिर २९, २०७७
  • १०२३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

श्रीकान्त झा  जनकपुरधाम मंसिर २९ गते । ट्राफिक नियम उलङ्घन गरेर सडकको छेउमा जथाभावि सवारी साधन पार्किङ गर्नेलाई कारवाही प्रकृया अगाडि बढाइएको छ । जनकपुरधामको रामान्द चौकदेखि अस्पताल रोडसम्म अव्यवस्थित पार्किङ रहेको बखत सवारीदेखि यात्रीहरूलाई आवत जावतमा कठिनाई भइरहेको अवस्थामा ट्राफिक प्रहरीले अत्यधिक जामलाई व्यवस्थित पार्न र अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न दर्जन सवारी साधनलाई कारवाही स्वरुप ‘ह्वील लक’ देखि जरिवाना गर्ने कार्य सुरु गरेकोे जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए ।

ट्राफिक प्रहरी निरीक्षक न्यौपानेले भने, ‘बाटोमा जथाभावी पार्किङ गररे हिँड्ने जसलेगर्दा अति आवश्यक सवारी एम्वुलेन्स,वारुणयन्त्र लगायतका सवारी साधनलाई कठिनाई भएको कारवाही स्वरुप ह्वील लकदेखि जरिवाना गरेका हौं ।’ केहि दिन यता शुरु गरिएको उक्त अभियानमा पहिलो चरणमा जथाभावि पार्क गर्ने सवारी धनिलाई सम्झाई बुझाई छाडिएको थियो भने दोस्रो चरणमा दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधनलाई ‘ह्वील लक’सँगै रु ५०० देखि एक हजारसम्म जरिवना गरको  छ ।

धनुषा ट्राफिक प्रहरीले जरिवाना गर्नुको साथै ‘ह्वील लक’ लगाउँदै बाह्रबिघा मैदानमापार्क गर्ने सूचना चालकलाई जानकारी गराउदै आएको छ । विगतका दिनमा जनकपुरधामका मुख्य भिडभाड हुने रामानन्द चोकदेखि जानकी मन्दिरसम्ममा सवारीको चाप, अव्यवस्थित ठेलागाडा बढी चुनौतीको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस

Together for Health, ...

ओम प्रकाश यादव लहान चैत २५ । सप्तरी र सिरहा जिल्लामा “Together for Health, Stand with Science& ...

कपिलवस्तु क्षेत्र नं ...

धर्मेन्द्र कुमार कुर्मी, विजयनगर  कपिलवस्तु चैत २४ । कपिलवस्तु क्षेत्र नं. ३ का प्रतिनिधिसभा सद ...

लहानमा ट्राफिक प्रहर ...

रहमुल, लहान २३ चैत्र । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान, सिरहाका प्रमुख ट्राफिक प्रहरी निरीक्षक श ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१