Siraha Times
ताजा समाचार

लैङ्गिक हिंसा न्यूनिकरण गर्न जागरण अभियान निरन्तर चलाउँछौ: का.बा. मेयर यादब

  • मंसिर २५, २०७७
  • १३५१ पटक पढिएको
  • संजय महरा
alt

संजय महरा सिरहा २५ गते मंसिर । सिरहा जिल्लाको कल्याणपुर नगरपालिकाद्धारा आयोजना गरिएको २९ औंअन्तराष्ट्रिय १६ दिने लौंङ्गिक हिंसा विरुद्धको अभियान अन्तरगत महिला माथिहुने सवै खालेहिंसा विरुद्धको जनचेतनामूलक कार्यक्रम गोष्ठि कल्याणपुर नगरपालिकाका मेयर रोहिणी कुमारी यादबको प्रमुख आतिथ्यमा सम्मपन्न भएको हो । लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्धता ः व्यक्ति समाज र सवैको एक्यबद्धता मूल नाराका साथ देशभरि नै १६ दिने अभियान निरन्तर विभिन्न संघ संस्था र सरोकारवालाहरु जनचेतनामूलक कार्यक्रम गर्दै आईरहेको छ ।
कार्यक्रमको प्रमुख अतिथिकोरुपमा बोल्दै कल्याणपुर नगरपालिका का मेयर रोहिणि यादबले आफनो नगरपालिकाभित्रमा हुने लैङ्गिकको आधारमा गरिने सवै प्रकारका विभेद आफुलाई सहनिय नहुने बताउनुभयो । मेयर रोहिणिले समाजमा पुरुष भन्दा महिला माथि बढी हिंसा हुने गर्दछ त्यसैले समाजमा जागृतिको आवश्यकता रहेको छ । मेयर रोहिणिले महिलामाथि हिंसा अशिक्षा, पैतृकतात्मक सोच, र गरिवीको कारण महिलामाथि हिंसाबढि हुने गरेको समेत बताउनुभयो जबसम्म समाजमा सोचमा बदलावको जरुरीरहेको समेत बताएकी छिन । महिला माथि हिंसा क मगर्न आफुले नगरपालिकाको तर्फबाट जनचेतना जागृत गर्ने कार्य निरन्तर गरिने प्रतिवद्धता समेत जाहेर गरेकिछिन । मेयर रोहिणी यादवले महिला हिंसा क मगर्नकैलागि आफुले कल्याणपुर नगरपालिकाभित्रका छात्राहरुलाई स्कुल जान सजिलो होसभन्ने उद्धेश्ले साईकिल वितरण गर्ने समेत प्रस्ट गर्नुभएको हो । कार्यक्रममा कल्याणपुर नगरपालिकाको वडा नम्बर १२ का वडा अध्यक्ष दिलिप यादवले मन्तव्य दिदै महिला माथि हुने हिंसा मध्ये बालविवाह समेत को कारणले महिलामाथि हिंसा हुने गरेको बताउनु भयो । कल्याणपुर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मोतीबुल राईनले महिला हिंसामाथि न्यूनिकरण गर्न आफनो ठाउँबाट जिम्मेरीपूर्वक लाग्नुपर्ने बताउनु भयो । कार्यक्रममा कल्याणपुर नगरपालिका वडा नम्बर १० का अध्यक्ष धनविर मण्डललगायता वडाका जनप्रतिनिधिहरुको सहभागिता समेत रहेको थियो । 
लौंङ्गिक हिंसा विरुद्धको अभियान कार्यक्रममा कल्याणपुर नगरपालिकाका स्वास्थ्य शाखाकी सुनिता मण्डलले स्वागत मन्तव्य राखेकी छन । कार्यक्रममा दलित विकास मञ्च सिरहाका कार्यक्रम संयोजक सरिता महराले सवैभन्दा महिला हिंसाको घटना दलित महिलामाथि हुुने गरेकोले आफनो संस्थाले बालविवाह न्यूनिकरण कार्यक्रम संचालन गरिरहेको बताउनुभयो । मुक्ति नेपालका निर्देशक श्यामकुमारी साहले १६ दिने अभियानको औचित्यमाथि प्रष्ट गरिकिथिईन । कार्यक्रममा दलित अधिकारकर्मी संजय महराले मन्तव्य समेत राखेको थियो । कार्यक्रमम संचालन कल्याणपुर नगरपालिकाको योजना शाखाको ललन कर्णले गरेको थियो । कार्यक्रममा महिला विकास शाखाका मंजु कर्ण लगायतको कर्मचारिहरुको कार्यक्रममा सहभागिता रहेको थियो । लौंङ्गिक हिंसा विरुद्धको कार्यक्रममको अध्यक्षता कल्याणपुर नगरपालिकाकी मेयर रोहिणि कुमारी यादवले गरेकि थिईन ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१