ताजा समाचार

सिरहाको मिर्चैया नगरपालिकाको सबै वडामा जनमत पार्टीको वडा अधिबेशन सम्पन्न भएको छ

  • मंसिर २४, २०७७
  • १७२९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा। सिरहाको मिर्चैया नगरपालिकाको सबै वडामा जनमत पार्टीको वडा अधिबेशन सम्पन्न भएको छ। बुधबार वडा न.०९ मा भएको अधिबेशनबाट राजेश कुमार साह को अध्यक्षतामा ११ सदस्य समिती गठन गरिएको छ। त्यस्तै सबै वडा अन्तर्गतका सबै टोलहरुमा टोल समिती पनि गठन गरिएको जनाईएको छ। यो संगै सिरहा जिल्ला मा जनमत पार्टी ले १०१ वटा वडाहरुमा आफ्नो वडा अधिवेशन सम्पन्न गरेको छ‌। आजको कार्यक्रममा प्रमुख अतिथिमा जनमत पार्टी सिरहा जिल्ला ईन्चार्ज तथा जिल्ला अधिवेशन समिति संयोजक श्री बिजय साह, बिशिष्ट अतिथि NRMA तथा विदेश विभाग सदस्य निर्मल मण्डल, अतिथिहरु नगर प्रमुख पटबारी मधेशी वडा नं २ अध्यक्ष सुरेश चौधरी , वाडा ५ अध्यक्ष कारीराम पासवान, युवा नेता वलराम सेवक, युवा नेता रंजित साह पर्यवेक्षक रबिन्द्र ठाकुर लागयतका नेता तथा कार्यकर्ताहरूको उपस्थित मा कार्यक्रम सम्पन्न भएको छ। बिगत ७० बर्ष पुर्व देखि संघर्ष रत रहेको मधेशी समुदायका हजारौं वीर सपुतहरुले बलिदान दिए पनि नेताहरुको स्वार्थका कारण जनता सदैव धोका खाएको भन्दै अबको एक मात्र विकल्प जनमत पार्टी रहेकोले जनमत पार्टी नै मधेशी जन्ताको अधिकार सुनिस्चित गर्ने जनमत पार्टीका नेताहरुले आफ्नो धारणा राखे । त्यस्तै वर्तमान अवस्थामा कुनै न कुनै वडा तथा पालिकामा जनमत पार्टी बाहेक सबै पार्टीको सरकार रहेको छ तर पनि कुनै एक वडा पनि नमुना बनाउन सकेको छैन किन्न ? ती पार्टीहरुको कुनै भिजन नै छैन भने बिना विचारको राजनीति गरिरहेको प्रष्ट हुन्छ भन्ने आरोप लगाए । त्यसैले अब हामीले बैज्ञानिक द्वारा नेतृत्वको पार्टी जनमत पार्टीमा लाग्नु पर्ने देखिन्छ ।१२ वटा वडा रहेको मिर्चैया नगरपालिका को १२ वटै वडामा अधिबेशन सम्पन्न भैसकेको छ। त्यसैगरी क्रमस: वडा नं १ को अध्यक्षमा श्रीमती रूपमा देवी साह ,२ नं मा सुरेश चौधरी,३नं मा विनेश कुमार यादव, ४नं मा दिलिप सिंह, ५ नं मा कारि राम पासवान, ६ नं मा मुकेश यादव,७ नं मा श्रीराम ठाकुर,८ नं मा कमल ठाकुर,९ नं मा राजेश कुमार साह,१० नं मा किशोरी साह,११ नं मा नागेन्द्र प्र.यादव र १२ नं मा धिरज कामती रहेका छन‌। सबै वडामा अधिबेशन सम्पन भैसकेकोले चाडै नगरपालिका को नगरअधिवेशन गर्ने गरि तैयारी भैरहेको जनमत पार्टी मिर्चैया नगरपालिका प्रमुख तथा नेता पटवारी ठाकुर ले जानकारी गराए । अहिले मधेश भरिनै जनमत पार्टीको वडा अधिबेशन भैरहेको देखिएको छ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤