राष्टिय मिडियामा स्थान पाउन नसकेकाे एउटा विपन्नकाे समाचार जुन माेफसलमै हरायाे

  • मंसिर २४, २०७७
  • १२२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रञ्जन भण्डारी महोत्तरी , २३ मंसिर । गत असोज १ गते मोटरसाईकलको ठक्करले घाईते भई विराटनगर स्थित विराटनगर अस्पतालमा उपचाररत साढे तिन वर्षिय वालक सरिफ अन्सारी अहिले निको भैसकेर घर फिर्ता हुने प्रतिक्षामा छन । तर अस्पतालको वक्यौता रकम तिर्न नसकेर उनी डिस्चार्ज हुन पाएका छैनन । उनको उपचार वापत परिवारले अस्पताललाई १२ लाख तिर्नु पर्ने छ तर पैसा नहुदा उक्त वक्यौक्ता रकम तिर्न सकिएको छैन ।
मोटरसाईकल ठक्करले बालकको मस्तिष्कमा चोट लागि रगत समेत जमेको,छातीको देव्रे भागमा गम्भिर चोट लागेको र कम्मरमा क्रयाक भएको अवस्थामा उनको सोहि वेला देखि उपचार हुदै आएको थियो । अस्पतालले दुई महिनाकै उपचारमा करिव १२ लाख खर्च भएको पत्र दिएको छ भने औषधीमा थप करिव ६ लाख गरि लगभग १८ लाख खर्च भएको छ । परिवारले करिव ६ लाख विभिन्न सरसापटी तथा घरजग्गा बन्धकी राखेर बुझाए तर अझै तिर्नु पर्ने रकम धेरै भएपछि परिवारले त्यती रकम कहाबाट ल्याउने भनि चिन्तित हुदै गुहार मांगेका छन ।
घाईते बालकलाइ ठक्कर दिनेको तर्फबाट हालसम्म कुनै सहयोग नभएपछि विचल्लीमा परेको परिवार आर्थिक सहयोगको लागि भौतारिनु परेको उनका काका मोहम्मद मुस्तफा अन्सारी बताउछन । जलेश्वर नगरपालिका वडा नं. ३ निवासी मोहम्मद मुर्तजा अन्सारीका छोरा सरिफको मुख र घाटीबाट अक्सिजन र खानाको पाईप हाल निकालिसकिएको र स्वास्थ्यमा पहिले भन्दा निक्कै सुधार भएपछि अस्पतालले वक्यौक्ता रकम तिरेर वच्चालाई डिस्चार्ज गरेर लग्न गत साता देखि नै ताकेदा गरिरहेपनि परिवारले रकम व्यवस्था गरेर बच्चालाई डिस्चार्ज गराउन सकेको छैन । बालकको वुवा हाल वैदेशिक रोजगारीमा मलेसियामा रहेकोमा उनले समेत कमाएको सवै रकम वच्चाको उपचारमा लगाईसकेको र अव त्यहाबाट समेत रकमको जोहो हुने सम्भावना न्युन रहेको वेला अस्पतालमा तिर्नु पर्ने बक्यौता रकम अभाव भएको हो ।
आर्थिक सहयोगको लागि मोहम्मद मुस्तफा अन्सारीको प्रभु बैंकको जलेश्वर शाखामा रहेको बचत खाता नं. ०६३०१५७७२६४०००१४ मा पठाउन सकिने छ । उनको मोबाईल नं. ९८१७६४२७८५ रहेको छ ।
मेरो छोराको उद्धार गरिदिनुस ः बालकका आमा
बच्चाको आमा जरिना खातुन अहिले वच्चासंगै अस्पतालमा छिन । उनले आफ्नो वच्चालाई घर ल्याउन अस्पताललाई तिर्नु पर्ने रकम नभएपछि अस्पतालमै बन्धक सरह बस्नु परेको वताउदै सहयोगको याचना गरेकि छिन । वच्चा अहिले स्वस्थ्य भयो अस्पतालले मेरो वच्चालाई वचाईदियो । तर अस्पतालको पैसा आफुले तिर्न सकेको छैन,जरिनाले वताईन ।
बच्चालाई ठक्कर दिनेले गरेन सहयोग ः
बच्चालाई आफ्नो मोटरसाईकलले ठक्कर दिई घाइते बनाएका जनकपुर उप महानगरपालिका किशोरी नगरका लोमश झा अहिले पुर्पक्षका लागि थुनामा छन । बच्चाको उपचारको लागि जिल्ला प्रसासन कार्यालयले रकम उपलब्ध गराउन निर्देशन दिएपछि रकम जम्मा नगरेपछि उनलाई थुनामा राखिएको हो । उनको ज८प १८९३ नंं.को मोटरसाईकलले वालकलाई ठक्कर हानेका थिए ।

प्रतिक्रिया दिनुहोस

क्याकुसिन करातेको डो ...

रन्जित चौरसिया बारा, ९ मंसिर / बाराको फेटा गाउपालिका वडा नम्बर १ भलुही स्थित बगैचा कटेजमा हुने गरेको ...

पर्साको श्रीसिया नाक ...

रन्जित चौरसिया वीरगंज ८ मंसिर । पर्सा जिल्लाको श्रीसिया नाका हुदै व्यापक रुपमा तस्करी फस्टाएपनि स्था ...

हिन्दु युवा शक्ति कप ...

धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तु जिल्लाकाे शिवराज नगरपालिका वडा नं ३ खारेन्द्रपुरमा आज हिन्दु युवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१