सिरहाको सुखीपुरमा विद्युतको तार सर्ट भई आगलागी हुँदा लाखौंको क्षेति

सिरहाको सुखीपुरमा फर्ममा आगलगी लखौको क्षेति

  • मंसिर २२, २०७७
  • १३८४ पटक पढिएको
  • रामएकवाल राम
alt

महेश सिंह  सिरहा लहान २२ मंसिर - सिरहाको सुखीपुर नगर पालिका वडा नम्बर ८ मा विद्युतको तार सर्ट भई आगलागी हुँदा लाखौंको क्षेति भएको छ। स्थानीय बिरेन्द्र चौधरीको नाउँ मा दर्ता भई सागरमाथा एग्रीकलचर फर्ममा शनिबार राति ११:४० मा विद्युतको तार सर्ट भई आगलागी भएको थियो ।

आग्लागी बाट १०० सय पिस हास र दाना ,पिडर डिंकर १५ पिस सहित जलेर नस्ट भएको पीडित दिपेन्द्र चौधरीले बताए ।फर्म केहि बर्ष अगाडि स्थानीयहरुको जग्गा १५ प्रन्द्र बर्षको लागि ५ बिगहा जग्गा भाडामा लिई संचालनमा ल्याएको थियो। आगलागी बाट रु. २८१९०० करिब दुई लाख एकासि हजार नौ सय बराबरको सरसम्मान पुर्ण रूपमा जलेर खरानी भएको पीडित दिपेन्द्र चौधरीले जानकारी दिनु भयो ।

आगलागी हुँदा सम्बन्धित वडाका अध्यक्ष हरिबंस महतो र ईलाका प्रहरी कार्यालय सुखीपुरलाई समेत जानकारी गराएका थिए। चौधरीले गाउँमा ऋण कर्जा लिई फर्म संचालन गरेका छन्। चौधरीको फर्मबाट बार्शिक ३ लाख ५० हजार आम्दानी हुने गएको पीडितको छोरा दिपेन्द्र चौधरीले बताए । पीडित चौधरीलाई क्षेति पुर्तिको कहिँबाट पहल न भएको उनले दुःख ब्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

स्नेह वृद्धा आश्रम ल ...

लहान, पुस १३ । सिरहा जिल्लाको लहानमा रहेको स्नेह वृद्धा आश्रम लहानको बैठक आश्रमकी अध्यक्ष रिता कुमार ...

युवा नेता दुबेले गरे ...

कलैया १३ पौष। कलैया उप–महानगरपालिका वडा नम्बर ५ मा अवस्थित द रोयल कटेजलको शनिबार एक विशेष समार ...

लहान नगरपालिकाद्वारा ...

ओम प्रकाश यादव लहान, पुष १३ । मधेश प्रदेशमा चिसो बढ्दै गएपछि लहान नगरपालिकाले दलित तथा विपन्न समुदाय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१