Siraha Times
ताजा समाचार

रामचन्द्रलाई पक्राउ गर्नु लोकतन्त्रको उपहाँस हो ः काँग्रेस कोषाध्यक्ष

  • मंसिर १८, २०७७
  • ७७५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा,१८ मंसिर । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गर्नु लोकतन्त्रको उपहास भएको काँग्रेस पार्टी कोषाध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य सितादेवी यादवले बताइन् । तनहुँको बुल्दीखोलामा नवनिर्मित पुलको उद्घाटन गर्न गएका नेकाका बरिष्ठ नेता पौडेललाई प्रहरी पक्राउ गरेको विरोध गर्दै नेपाली काँग्रेस क्षेत्र नं. ३ का क्षेत्रीय कार्यसमिति आयोजना गरेको विरोध ¥यालीमा बोल्दै कोषाध्यक्ष यादवले त्यस्तो कुरा बताइन् । लोकतन्त्रको उपहाँस गर्न प्रयत्नशिल रह्ने सरकारले जनताको हितमा काम गर्न नसक्ने दाबी गर्दै उनले सार्वजनिक रुपमा माफी नमागेसम्म सरकारको विरोधमा काँग्रेसको आन्दोलन जारी रह्ने जनाइन् । राणा, राजा तथा अन्यलाई पाखा लगाए जस्तै जनविरोधी सरकारलाई पनि काँग्रेसले सवक सिकाउने उनले दाबी गरिन् । सर्वदलिय सहमतिको आधारमा निमन्त्रणालाई स्वीकारेर पुलको उद्घाटन गर्न गएका नेतालाई प्रहरीद्वारा पक्राउ गर्न लगाउनु सरकारको गैर लोकतान्त्रिक चरित्र विश्वमा उदाङ्गिएको बताइन् ।                                             received_141433000745208 देशमा शान्ति र संविधान ल्याउन अहम योगदान दिएका नेतालाई बिना कारण पक्राउ गर्नु लोकतन्त्र विरोधी गतिविधि भएको हुँदा लोकतन्त्रको रक्षाका लागि काँग्रेसले आन्दोलन गर्ने र त्यसका लागि तयार रह्न सबैलार्य उनले आग्रह गरिन् । भ्रष्टाचारमा डुबेको सरकारले कोरोना महामारीको अवस्थामा जनतालाई भरपर्दो उपचार दिन नसकेको जिकिर गर्दै काँग्रेस युवा नेता डा.सुभाषचन्द्र यादवले मौलिक हक खोस्न उद्धत भएको सरकारलाई आन्दोलनबाटै लोकतान्त्रिक पाठ सिकाउने बताए । पौडेल पक्राउ प्रकरणबारे सार्वजनिक रुपमा माफी नमागेसम्म काँग्रेस आन्दोलन जारी राख्ने उनले दाबी गरे । क्षेत्रीय सपभापति संजयप्रकाश यादवको अध्यक्षतामा भएको कोणसभामा नेता अमर रेग्मी, जीवछ गुप्ता, अषिशलाल यादव लगायतले आ–आफ्नो मन्त्वय राखेका थिए । सैकडौंको सहभागीतामा काँग्रेस नेता तथा कार्यकर्ताले सिरहा बजारको विभिन्न भाग परिक्रमा गर्दै शहिद राजेश ठाकुरको पार्कमा कोणसभामा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१