कलिलो उमेरमा बुवा गुमाईएको सोनार परिवारलाई आर्थिक सहयोग

  • मंसिर १८, २०७७
  • २३७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नरेशचन्द्र बरबरिया धनुषा,मंसिर १८ गते । नेपाल भारत वर्ल्ड डेभलपमेन्ट फोरम र कुरथा योंङगेस्ट (KYT)को संयुक्त पहलमा बिहिवार आर्थिक सहयोग हस्तान्तरण गरेका छन । कलिलो उमेरमा नै आफ्नो बुवा गुमाएका धिरज साह सोनार लाई २६,५००/- नेपाल भारत वर्ल्ड डेभलपमेन्ट फोरम धनुषाका उपाध्यक्ष रजनिश साह द्वारा हस्तान्तरण गरिएको हो । आर्थिक अवस्था पुरा दयनिय हुदा दुई संस्थाले आर्थिक सहयोग गरेको शाहले बताएका छन । सानो आर्थिक सहयोग भएपनि बुवाको क्रिया खर्चले अलि टेवा पुग्ने आशले रकम हस्तान्तरण गरेको उनको भनाई रहेको छ ।कष्टमा परेका मानिसको सेवा गर्नु, सुख पु¥याउनु नै धर्म हो भन्ने अभिप्रायले सहयोग गरेको उनको धारणा छ । उनले भने भगवानले सपन्नता प्रदान गरेको छ, प्रचुर धन दिएको छ, सबै प्रकारको सुविधाबाट युक्त बनाएको छ भने दीन–हीन, अनाथ, रोगी, दुःखी व्यक्तिलाई मन खोलेर सहायता गर्नुपर्छ। सहयोगीहरुमा अर्जुन मिश्र , रजनिश साह ,रवि नायक,ललन कुमार नायक, मुना प्रधान तथा सम्पूर्ण NBWDF धनुषा परिवार र KYT परिवार रहेको छ ।

प्रतिक्रिया दिनुहोस

लहान २१ मा आज अस्ताउ ...

ओम प्रकाश यादव लहान १० कात्तिक  । हिन्दु धर्मावलम्बीहरुलेअत्यन्त निष्ठा र कठोर ब्रत लिएर म ...

भगवानपुरमा पाँचौँ वड ...

रहमुल लहान १० कार्तिक । भगवानपुर गाउँपालिकामा आयोजना गरिएको पाँचौँ वडा स्तरीय क्रिकेट प्रतियोगिता २० ...

लहान नगरपालिकाबाट मृ ...

ओम प्रकाश यादव लहान, कात्तिक ८ । लहान नगरपालिकाले सामाजिक उत्तरदायित्व अन्तर्गत निरन् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१