Siraha Times
ताजा समाचार

कल्याणपुर न.पा.भित्रका सवै अपाङ्गलाई ह्विलचेयर वितरण गर्छु ःप्र.प्र.अधिकृत दास

  • मंसिर १८, २०७७
  • १३४७ पटक पढिएको
  • संजय महरा
alt

संजय महरा
सिरहा ÷१८ मंसिर, सिरहा जिल्लाको कल्याणपुर नगरपालिकामा २९ औ अपाङ्ग दिवस भव्यताका साथ मनाएका छन । कल्याणपुर नगरपालिकाबाट सुरु भएको रयालि गरि कल्याणपुरबजार परिक्रममा गरेर नगरपालिकाको प्राङ्गणमा समापन गरिएको हो । अपाङ्ग दिवस कल्याणपुर नगरपालिकाको आयोजना गरिएको थियो । सो कार्यक्रममा नगरभित्रका सयौंअपाङ्गहरुको सहभागिता समेत रहेको थियो । कोभिड १९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता अपाङ्ग भएका व्यक्तिहरुको पहँुच र दीगो विकासको लागि हामी सवैको प्रतिवद्धता नारा सहितको ब्यानरमा नगरपरिक्रमा गरेको थियो ।
२९ औँ अपाङ्ग दिवसको अवसरमा कल्याणपुर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत जयप्रसाद दासले अपाङ्गहरुको समस्या प्रति गम्भीर रहेको बताउनु भयो । अधिकृतजयप्रसाद दासले यस कल्याणपुर नगरपालिका भित्रमा रहेको सवै अपाङ्गहरुलाई अपाङ्ग दिवसकै दिन ह्वीलचेयर वितरण कार्यक्रम रहेपनि कुनै कारणबस गर्न नसकेपनि अपाङ्गहरुलाई चाडो ह्वििलचेयर वितरण गर्ने बताउनु भयो । प्रमुख प्रशासकिय अधिकृत जयप्रसाद दासले कल्याणपुर नगरपालिका भित्रका अपाङ्गहरुलाई कुनै प्रकारको समस्या भए हामिसँग समन्वय गर्न समेत अनुरोध गरेको छ । अधिकृत जयप्रसाद दासले अपाङ्गहरुको सर्वाङ्गीक विकासका लागि अगामी आ.व.मा समेत योजनाहरु समावेस गरिने प्रतिवद्धता समेत जाहेर गरेको छ । २९ औँ अपाङ्ग दीवस कार्यक्रममा कल्याणपुर नगरपालिकाभित्रका सयौं अपाङ्गहरुको समेत सहभागितारहेको थियो । कल्याणपुर नगरपालिकाका महिला विकास शाखाका प्रमुख रंजु कर्ण, रामदुलारी मा.वि.कल्याणपुरका प्र.अ. लालदेव साह, तथा कल्याणपुर नगरपालिकाका कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१