सखुवानन्कारकट्टीमा बयलगाडा प्रतियोगिता सम्पन्न

  • मंसिर १६, २०७७
  • १०४६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १६ मंसिर - सिरहाको सखुवानन्कारकट्टीमा गाउँ पालिकामा बयलगाडा प्रतियोगिता सम्पन्न भएको छ । कार्तिक पुर्णिमाको अवसरमा सोमबार सिरहामा बयलगाडा ,गोरुदौड, प्रतियोगिता सम्पन्न भएको छ । प्रत्येक बर्ष कार्तिक पुर्णिामाको दिन उक्त ठाउँमा एक दिने मेला लाग्ने गरेको छ् । मेला हेर्न सिरहा ,सप्तरी र छिमेकी मुलुक भारत लगायका मानिसहरु आउने गरेको छ । बलान नदीमा वर्षेनी गोरुदौड प्रतियोगिताको आयोजना गरिन्छ । दौड प्रतियोगितामा सिरहा र सप्तरीका दर्जनौं गोरुले बैलगाडी लिएर सहभागी भए । उक्त प्रतियोगितामा दिघियाको जिबछ यादबको बयल गोरु प्रथम स्थान हासिल गरि बिजेता घोषित गरेका थिए ।

 

कल्याणपुर मल्हनियांको बिचमा पर्ने बलान नदीमा भएको उक्त प्रतियोगिता सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएका थिए । सांस्कृतिक कार्यक्रममा युवा चर्चित गायक सरोज सन्त ,राजु गुप्ता, अनु कुमारी लगायतका कालाकारहरुले नित्य प्रस्तुत गरेका थिए । मेला अध्यक्ष रामसेवक यादव को अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिमा प्रदेश २ का सांमसद अशोक यादव ,बिशिस्ट अतिथिमा सम्बन्धि गाउँ पालिकाका अध्यक्ष केदार नाथ यादव र अथितिहरुमा कृषि फर्मका संचालक देबिन किशोर यादव ,बैजनाथ यादव, सप्तरीको सुरुगा नगरपालिका वडा नम्बर १० का अध्यक्ष छुतहरु मुखिया लगायतका अतिथिहरुको सहभागीता रहेको थियो। उक्त मेला ईवर कृषि सहकारी संस्था लिमिटेडको आयोजना रहेको थियोे भने आर्थिक सहयोग गाउँ पालिकाको रहेको थियोे ।

त्यस्तै बोदेबरसाईन न.पा ३ बधुवन निवासी प्रमोद यादवको बयल दोस्रो विजयता घोषित भएको छ भने तेस्रो बिजेता बलान बिहुल गा. पा वडा न. २ का बिजली यादवको बयल भएको छ । जित हासिल गरेका गोरुहरुलाई मनटिका, घुघरु प्रदान गरियो । यस्तै गोरु धनीलाई फुलमाला अबिर लगाई शिल्डले सम्मानित गरेको छ । प्रदेश २ का सांसद अशोक यादवको हातबाट उद्घाटन गरिएको कार्यक्रममा सखुवानन्कारकट्टी गाउँपालिकाका अध्यक्ष केदारनाथ यादव, नेकपा युवा नेता बद्रीनारायण चौधरी, नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष दिनेश्वर गुप्ता लगायत पत्रकारहरु महेश सिंह, सन्तोष यादव, रासिन्द्र यादव र संजय विश्वकर्माको सहभागीता रहेको थियो । कार्यक्रममा सन्चार्कर्मीहरुलाई कदरपत्र दिई सम्मान गरिएको थियो । साथै सिरहा तथा धनुषाको सिमानामा पर्ने कमला नदिमा पवित्र स्नान गर्न प्रत्येक बर्ष झै यस वर्ष पनि कात्र्तिक शुक्ल पुर्णिमाका दिन लाग्ने भुत मेलामा सिकारु धामी झाँक्रीहरुको ठुलो घुइचो लागेका छन् । सोमबार विहानै सूर्योदयसंग उनिहरुले कमला नदिमा सिद्ध स्नान गरेका छन् ।

सिकारु धामी झाँक्रि तथा बोक्सा बोक्सीहरुले कार्तिक पूर्णिमाका दिन पवित्र नदिहरुमा स्नान गर्दा सिकेको जादु तथा टुना स्थायी हुने मान्यता रहेको उनिहरु बताउँछन् । पहेलो साडीमा सजिएका महिला तथा रातो पहेलो धोती कुर्तामा सजिएका पुरुषको टोली हातमा बेत नचाउदै तथा सुमधुर महराइ गाउदै विभिन्न देवि देउताको स्वाग गर्दै सिरहा तथा सप्तरीको विभिन्न गाउहरुबाट विहानैदेखि मेलाका लागि प्रस्थान गरेको थिए । कार्तिक स्नान नगरेसम्म धामीघााक्रिहरु पाको मानिदैन मेला भर्न आएका जनकपुर नगरपालिका १ निवासी रामु सदायले भने — जादुटुना सिकेर पनि जगतलाई भलाई गर्न सकिएन भने सिकेर के फाइदा उनले बताए । कमला नदिमा वर्षेनी भुत मेला लाग्ने गरेको छ जहाँ सिरहा, सप्तरी, धनुषा, महोतरीका हजारौ सिकारु धमि धाँक्रिहरु सहभागि हुन्छन् । धामी झाक्रीहरुले भुत र घरको कुल देवता खेल्दै आजको दिन अर्थात कात्र्तिक शुक्ल पुर्णिमाको दिन स्नान गर्ने सदियौंको परम्परा भएको सर्वसधारणहरु बताउछन् ।

 

प्रतिक्रिया दिनुहोस

Together for Health, ...

ओम प्रकाश यादव लहान चैत २५ । सप्तरी र सिरहा जिल्लामा “Together for Health, Stand with Science& ...

कपिलवस्तु क्षेत्र नं ...

धर्मेन्द्र कुमार कुर्मी, विजयनगर  कपिलवस्तु चैत २४ । कपिलवस्तु क्षेत्र नं. ३ का प्रतिनिधिसभा सद ...

लहानमा ट्राफिक प्रहर ...

रहमुल, लहान २३ चैत्र । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान, सिरहाका प्रमुख ट्राफिक प्रहरी निरीक्षक श ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१