सिरहाको लहानमा युवा संघ नेपाल द्धारा श्रद्धाञ्जली।

  • मंसिर १६, २०७७
  • ११८७ पटक पढिएको
  • रामएकवाल राम
alt

महेश सिरहा लहान १६ मंसिर – सिरहाको लहानमा श्रद्धाञ्जली सभापति सम्पन्न गरेको छ् । पुर्व पश्चिम लोकमार्ग अन्तर गत सिरहाको लहानको सहिद चौकमा मैन बति बालेर श्रद्धाञ्जली मनाएका छन् । युवा संघ नेपाल, सिरहाले आयोजना गरेको ,मृतक बालिका स्व: गुलाब साह खातुन को श्रदाञ्जलि कार्यक्रममा बोल्दैश्रद्धाञ्जली सभाका प्रमुख अतिथि तथा युवा संघ नेपालका सिरहा संयोजक राजेश यादवले भने यो बर्दिबासको घटना होइन यो हाम्रो घर आङनको घटना हो । यो नानीले न्याय पाएन भने हामी सडक आन्दोलन गर्ने उनले बताए । संघका सिरहा सह संयोजक आशानन्द यादवले भने अबोध नानीलाई हत्या गरेको ब्यक्ती कस्तो पापी होला उक्त पापीलाई कडा कार्बाहि हुनुपर्छ । पापी मान्छे पनि हाम्रै समाजमा रहेको चर्चा गरेका थिए । कार्यक्रममा संघका युवा नेताहरुमा मनोज सहनि ,महेश यादव ,पपु साह ,सुर्या सिंह ,मो. नजाम अन्सारी ,अनिल यादव रामउदगार यादव ,लगायतका सयौं युवा नेताहरुको सहभागिता रहेको थियो ।

त्यसको प्रत्याभूति दिलाउने मौका फेरि लहान लाई नदिउन् सरकार । जुन देशमा महिला राष्ट्रपति छन , त्यो देशमा महिला नै असुरक्षित छन । यो राष्टपति सम्पूर्ण देश को नभएर केही वर्ग समुदाय को मात्र हो। यति मात्रै होइन , काठमाडौंमा आन्दोलन हुँदा , पानीको ट्यांकी आउँछन् , भीड नियन्त्रण हुन्छ तर मधेशमा केवल त्यो विरोध गर्दा गोली नै चनाउनु पर्ने यो कहा को न्याय हो? के पानी र गोली बराबर हुन ? एकछिन त नीतीश को बोलीले लहान वासीको मुटु नै छोएको देखियो , सबै भावुक भएका थिए ।

अब युवा जाग्नु जरुरी छन । युवा उठे जस्तो सुकै सरकार र कानून फेल हुन्छन्। बालिका को आत्मा ले शान्ति पाउन र बालिका को सम्झना मा द्वीप प्रज्वलन समेत गरी सभा समापन गरियो ।

प्रतिक्रिया दिनुहोस

लहानमा पुनः आन्दोलनक ...

ओम प्रकाश यादव लहान, साउन २ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सर्वोच्च अदालतले दिएको परमादे ...

लहानमा भव्यताका साथ ...

बिरेन्द्र प्रसाद नेपाल लहान भदौ २ । लहानमा यस वर्ष पनि प्रत्येक बर्ष जस्तै यो बर्ष पनि श्रीकृष् ...

मधेसमा लागूऔषध (drug ...

रहमुल लहान २ भदौ । मधेसमा लागूऔंषध (drugs) को दुर्व्यसन तर्फ युवाहरुको अवस्था चिन्ताजनक बन्दै गएको छ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१