Siraha Times
ताजा समाचार

सिरहाको लहानमा युवा संघ नेपाल द्धारा श्रद्धाञ्जली।

  • मंसिर १६, २०७७
  • १२९८ पटक पढिएको
  • रामएकवाल राम
alt

महेश सिरहा लहान १६ मंसिर – सिरहाको लहानमा श्रद्धाञ्जली सभापति सम्पन्न गरेको छ् । पुर्व पश्चिम लोकमार्ग अन्तर गत सिरहाको लहानको सहिद चौकमा मैन बति बालेर श्रद्धाञ्जली मनाएका छन् । युवा संघ नेपाल, सिरहाले आयोजना गरेको ,मृतक बालिका स्व: गुलाब साह खातुन को श्रदाञ्जलि कार्यक्रममा बोल्दैश्रद्धाञ्जली सभाका प्रमुख अतिथि तथा युवा संघ नेपालका सिरहा संयोजक राजेश यादवले भने यो बर्दिबासको घटना होइन यो हाम्रो घर आङनको घटना हो । यो नानीले न्याय पाएन भने हामी सडक आन्दोलन गर्ने उनले बताए । संघका सिरहा सह संयोजक आशानन्द यादवले भने अबोध नानीलाई हत्या गरेको ब्यक्ती कस्तो पापी होला उक्त पापीलाई कडा कार्बाहि हुनुपर्छ । पापी मान्छे पनि हाम्रै समाजमा रहेको चर्चा गरेका थिए । कार्यक्रममा संघका युवा नेताहरुमा मनोज सहनि ,महेश यादव ,पपु साह ,सुर्या सिंह ,मो. नजाम अन्सारी ,अनिल यादव रामउदगार यादव ,लगायतका सयौं युवा नेताहरुको सहभागिता रहेको थियो ।

त्यसको प्रत्याभूति दिलाउने मौका फेरि लहान लाई नदिउन् सरकार । जुन देशमा महिला राष्ट्रपति छन , त्यो देशमा महिला नै असुरक्षित छन । यो राष्टपति सम्पूर्ण देश को नभएर केही वर्ग समुदाय को मात्र हो। यति मात्रै होइन , काठमाडौंमा आन्दोलन हुँदा , पानीको ट्यांकी आउँछन् , भीड नियन्त्रण हुन्छ तर मधेशमा केवल त्यो विरोध गर्दा गोली नै चनाउनु पर्ने यो कहा को न्याय हो? के पानी र गोली बराबर हुन ? एकछिन त नीतीश को बोलीले लहान वासीको मुटु नै छोएको देखियो , सबै भावुक भएका थिए ।

अब युवा जाग्नु जरुरी छन । युवा उठे जस्तो सुकै सरकार र कानून फेल हुन्छन्। बालिका को आत्मा ले शान्ति पाउन र बालिका को सम्झना मा द्वीप प्रज्वलन समेत गरी सभा समापन गरियो ।

प्रतिक्रिया दिनुहोस

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१