सप्तरीमा विपन्न दलित समुदायले पाए निशुल्क फिलिपिन्स मोडेलको आवास

  • मंसिर १४, २०७७
  • १०२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान १४ , मंसिर । भुमिहिन , दलित , अति– विपन्न परिवारका लागी सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका वडा नम्बर – २ थलहा डगर भनेर चिनिने कनकपट्टी टोलमा निर्माण भैरहेको नव–निर्मित नमुना भवनको आईतवार स्थलगत रुपमा अनुगमन / अवलोकन भएको छ । संचारकर्मी , नागरिक समाज , स्थानिय तहका जन – प्रतिनिधि र सरोकारवाला निकायहरुद्वारा निर्माणाधिन अवस्थामा रहेको उक्त बस्तिको स्थलगत रुपमा अनुगमन गरेको हो st।

 

Habitat for Humanity Nepal को प्राविधिक तथा आर्थिक सहयोग , महुली सामुदायिक विकास केन्द्र अग्नीसाईर कृष्णा सवरण गाउँपालिका वडा नम्वर –५ सप्तरीको समाजिक परिचालनमा निर्माणाधीन अवस्थामा रहेको बिपन्न बस्तिको नमुना भवनको सरोकारवालाहरुले अवलोकन गरेको संस्थाका कार्यकारी निर्देशक प्रभुनारायण चौधरीले जानकारी दिनुभयो st।

छाना कार्यक्रम अन्तर्गत सामुदायिक आवास परियोजना , हिल्टी बाँस आवास परियोजना अन्तर्गत गत आर्थिक बर्षमा १० वटा नमुना भवन उक्त बस्तीको बिपन्न परिवारका लागी हस्तान्तरण गरिसकेको छाना कार्यक्रमका कार्यक्रम संयोजक चन्द्र नारायण चौधरीले बताए । संयोजक चौधरीले भने , ‘यस आ.ब.मा ३४ वटा घर मध्ये २० वटा सामुदायिक आवास र १४ वटा हिल्टी आवास नमुना घर निर्माण भैरहेको छ ।’ निर्माणाधीन प्रतिघरको लागत अनुमान ३ लाख रहेको छ st। शम्भुनाथ नगरपालिकाले प्रतिघरका लागी १ लाख ५० हजार आर्थिक सहयोग गरिरहेको वडा नम्बर – २ का वडा अध्यक्ष दुर्गानन्द भगतले जानकारी दिनुभयो । घर निर्माणका लागि जन श्रमदान मार्फत घरमुलिले १५ हजार र बाँकिको रकम परियोजनाले ब्यहोर्ने गरेको आयोजक संस्थाले जनाए st।

पुस्तौ देखि फुस र झुपडीको घरमा बस्दै आईरहेको बिपन्न , भुमिहिन परिवारले फिलिपिन्स देशको मोडेलको नमुना घर पाएपछि खुशी भएको छ । दुई कोठे भवन , एउटा बाथरुम , १ शौचालय , १ किचेन सहितको घर निःशुल्क पाएपछी साह्रै खुसि भएको स्थानिय वडा नम्बर– २ कनकपट्टी बस्ने राजकुमार सदाले बताउनु भयो । गाँस , बाँस , र कपासको अधिकार नेपालको संबिधानमा उल्लेख भएअनुसार भुमिहिन बिपन्न समुदायका लागी घर निर्माण गर्न ऐलानी जग्गा स्थानिय सरकारले उपल्बध गराएको छ । आफनो नाममा जग्गा नभएपनी पालिकाले घर निर्माण गर्न जग्गाका साथै प्रति घर निर्माण गर्न १ लाख ५० हजार आर्थिक सहयोग उपल्बध गराएपछी हर्षित भएको स्थानिय अरहुलिया देबी सदायले बताउनुभयो ।

 

बिगत १२ बर्षको अबधीमा महुली सामुदायीक विकास केन्द्रले सप्तरीको विभिन्न स्थानिय तहहरुमा करिब ४ हजार ३ सय ३५ वटा नमुना भवन निर्माण गरिसकेको छ । हुरिबतास , भुकम्प , बाढी , जस्ता दैविप्रकोप संग लडने क्षमता भएको घर निर्माणमा सो संस्थाको सक्रिय भुमिका रहदै आईरहेको एक स्थानियले जानकारी दिनुभयो । यसैबिच आजै सोहि नगरपालिका वडा नम्बर- २ को थलहा डगरमा खानेपानीको व्यबस्थापन तथा बसोबासको लागी भुमि अधिकार स्थानिय सरकारको दायित्व विषयक नागरिक समाज समुदाय र पत्रकार परिचालन सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम समेत भएको छ । कनकपट्टीको आधारभुत विधालयमा संचालित अन्तरक्रिया कार्यक्रममा निर्माणाधिन बस्तिमा खानेपानीको ब्यबस्थाका लागी सरोकारवाला बिचमा अन्तक्रिया भएको थियो । पत्रकार , नागरिक समाज , स्थानिय तहका जन –प्रतिनिधि र सरोकारवाला निकायहरु बिच भएको अन्तरक्रियामा समुदायमा निर्माणको कार्य गर्दा आईपर्ने बाधा अडचन , समस्या , समाधान लगायतको बिषयमा सामुहिक रुपमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस

(एल.एल.बी) प्रवेश पर ...

विष्णुदेव सरदार / सिराहा, असार ४ गते । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सप्तरीको महेन्द्र ...

लहान वडा नं. ९ को नय ...

ओम प्रकाश यादव लहान, असार ४ । हिजो लहान नगरपालिका वडा नं. ९ मा निर्माणाधीन वडा कार्यालय भवनको छत ढला ...

आफ्नै शरीर र प्रजनन् ...

संजु कुमारी दास, लाहान, असार ३।  गोलबजार नगरपालिकाको १३ औं वडाका १४ देखी २० वर्ष उमेर समुहका ३४ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१