सखुवानन्कारकट्टीमा क्रीकेट प्रतियोगिता सुरु , उदघाटन दिनको खेलमा गेरुवाहा टिम बिजय

  • मंसिर १३, २०७७
  • ८७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान १३, मंसिर । पालिका भित्रका खेलकुद क्षेत्रमा प्रतिभावान /कृयाशिल युवाको लागि प्रोत्साहन स्वरुप विशेष भत्ताको ब्यबस्था गरिने सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाका अध्यक्ष केदारनाथ यादवले बताएका छन् । खेलकुद क्षेत्रको बिकासका लागि अब आउने गाउँसभाबाट खेलकुद सम्बन्धि ऐन बनाएर प्रति खेलाडीलाई २ देखि ३ हजारको दरले मासिक भत्ता उपलब्ध गराउने अध्यक्ष यदवले प्रतिबद्धता गरेका हुन् । वडा नम्बर - ४ सखुवामा टि - ट्वान्टी खेलको उदघाटन समाहरोहमा बोल्दै उनले ग्रामीण स्तरका प्रतिभावान खेलाडीलाई विदेश जानबाट रोक्न यस्तो नीति पालिकाले लिएको बताए ।                                                                                                st मानव जिवनमा खेलको महत्वपुर्ण भुमिका छ , `समाज र देशको समृद्धी संगै कुलतमा फसेका लागु औषधकर्ता युवालाई नियन्त्रण गर्न खेलको महत्वपुर्ण भुमिका भएकोले गाउँपालिकाले यस्तो नीति लिएको अध्यक्ष यादवले बताए ।´ मानव समाजमा स्वस्थ्य जिवन जीउँन खेलकुदको महत्त्वपूर्ण भुमिका रहेको नेकपाका नेता सत्य नारायाण यादवले बताउनुभयो । जिल्ला खेलकुद विकास समिति सिरहाका पुर्व अध्यक्ष समेत रहनुभएका अध्यक्ष यादवले युवा वर्गलाई खेल प्रतिरुचि भएमा लागु औषधबाट नियन्त्रण सकिने उनले बताए । बढदो बेरोजगारीको कारण पनि युवा जमात कुलतमा फस्ने गरेको भन्दै उनले भने खेलडिलाई प्रोत्साहन भत्ता दिनु गाउँपालिकको स्वागतयोग्य कदम हो ।´ प्रदेश सभा सदस्य अशोक कुमार यादवले प्रमुख अतिथिको रुपमा खेलको उदघाटन गरेको थियो । खेलप्रेमी युवाका लागी प्रदेश सरकारबाट हुने सहयोग आफू सदैब गर्ने प्रदेश सभा सदस्यले प्रतिवद्द्ता गरेका थिए । श्री बबा डिहवार बलान मैया युवा क्रीकेट टिम सखुवानन्कारकट्टी - ४ को आयोजनामा खेल संचालन भएको छ । नेकपा सखुवानन्कारकट्टीले प्रायोजक गरेको खेलमा सिरहा, सप्तरी लगायत भारतको लौकहा गरि १६ वटा टिमको सहभागी रहेको छ ।                                               st उदघाटन दिनको खेलमा सिरहाको नवराजपुर गाउँपालिको गेरुवाहा टिम बिजय भएको छ । गेरुवाहा र भगवानपुर गाउँपालिकाको ईनर्वा टिम बिच आजको खेल भएको थियो । पहिलो ब्याटीङ्ग रोजेको गेरुवाहा टिमले १६ ओभरको खेलमा ५ बिकेटको क्षतिमा १ सय ३६ रनको लक्ष्य राखेका थिए । प्रतिस्प्रधी ईनर्वा टिम १२ ओभरमा १ सय १० रनमा मात्र सिमित भई अलआउट भएको आयोजक टिमका उमेश साहले बताए । आजको खेलको एम्पायर गौरी नारायण यादव , धर्मेन्द्र यादवले गरेका थिए । फाईनलमा प्रवेश गर्ने टिम र खेलाडीका लागि प्रथम पुरस्कार नगद रु ३१ हजार , द्धितिय पुरस्कार नगद रु २१ हजार , म्यान अफ द सिरिज , बेस्ट बलर , बेस्ट ब्याटसम्यान , प्रमाणपत्र , सिल्ड मेडल लगायतको सुबिधा रहने आयोजक मध्येका उमेश साहले बताए । द्धितिय पुरस्कारको राशि नेकपाका नेता एवम लहान मनकामना स्कुलका प्रिन्सिपल बद्रि नारायण चौधरीको ब्यक्तिगत तर्फबाट दिईने आयोजकले जनाए ।received_209799944044239

प्रतिक्रिया दिनुहोस

टपीबालाले गरे दलितल ...

विनोद मण्डल,चैत्र २६ । सिराहा जिल्लाको धनगढीमाई १३ झाते चौरी निवासी हरिमाया विकलाई स्थानिय टपीबालाको ...

सिरहामा लागुऔषधसहित ...

ओम प्रकाश यादव लहान चैत २५। सिरहा जिल्लामा लागुऔषध कारोबारमा संलग्न एक सक्रिय गिरोहविरुद्ध विशे ...

यातायातका नयाँ प्रमु ...

रंजित चौरसिया,वीरगंज २५ चैत्र। यातायात व्यवस्था कार्यालय वीरगंजमा रहेका करारका ड्राईभर शम्भु गुरुङ्ग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१