Siraha Times
ताजा समाचार

नेपाल रजक सेवा समाज द्वारा आर्थिक सहयोग सम्पन्न

  • मंसिर १३, २०७७
  • ११९३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा टाईम्स जनकपुरधाम १३ मंसिर प्रदेश नं २ स्थित धनुषा जिल्लाको सहिदनगर नगरपालिका -८ बिसरभोरा टोल बस्ने इन्दिला देवी साफी लाई नेपाल रजक सेवा समाजले आर्थिक सहयोग गरेका छन। स्व. श्री जुगल साफिको श्रीमति इन्दिला देवी साफी र उनका ३ वटा छोराछोरीहरु भएको परिवारिक जीवन धान्न को लागि आर्थिक श्रोतको आम्दानी केही नभएकोले परिवारिक जीवन सहज बनाउन हेतु गत( 26नोभेमवर 2020 ) बिहिवारको दिन नेपाल रजक सेवा समाजले नेपाली रु.९०००/- नौ हजार आर्थिक सहयोग तथा आर्थिक प्रगतीको लागि एउटा पारी (भैंसी)गरि समाजका पदाधिकारीहरु एव गाउँका भद्र भलादमी तथा बुद्धिजीवीहरु लगायतको उपस्थितीमा सहयोग हस्तान्तरण गरेको हो। त्यस्तै सहिदनगर न.पा.-३ यदुकुहामा समाज को पुर्व योजना अनुसार धनुषाको विभिन्न क्षेत्र बाट आएका रजक जनसमुदायको बुद्धिजीवी , समाजसेवी, गाउँको जातिय अगुवाहरु लगायत युवाहरुको उपस्थितीमा बैठकको आयोजना गरि नेपाल रजक सेवा समाजको समाज सेवी श्री शिवेश्वर रजक को अध्यक्षतामा १६ सदस्य सहितको तदर्थ समिती गठन गरियो। समितीको पदधिकारीहरु अध्यक्ष- शिवेश्वर रजक, उपाध्यक्ष- नरेश साफी , कोषाध्यक्ष- सुनैना देवी रजक, सचिव- नरेन्द्र कुमार रजक, सहसचिव- संतोष कुमार साफी , वरिष्ट सलाहकार- रुपनारायण साफी , सल्लाहकार - रामवरण रजक , गोदावरी देवी रजक लगायत सदस्यहरु - रामझरि देवी रजक , रिता देवी साफी , उर्वैसी , संजय रजक, विजय रजक, सुनिल साफी, भोला साफी र ब्रहम्देव रजक रहेका कतार ग्रुपका सचिव नर्सिङ रजकले जानकारी गराउनु भयो। रजक सेवा समाज हाल साउदी कतार दुबई मलेशिया नेपाल भारत लगायत देशहरुमा क्रियाशिल रहेका छन।

प्रतिक्रिया दिनुहोस

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१