नेहासदालाई उज्यालो संसार देखाउने समाजसेवी सुबास

  • मंसिर १३, २०७७
  • ८२२ पटक पढिएको
  • संजय महरा
alt

सिरहा १३,मंसिर । नेपालमा कोभिड–१९ को विश्वव्याधि फैलिँदो संक्रमण र मृत्युका खबरले लगभग सात महिना नेपाली जनजीवन नराम्ररी खलबलियो । आर्थिक–सामाजिक सम्बन्धहरू तहसनहस भए । एकै घरका दुई भन्दा बढिको कोरोना संक्रमणकै कारण मृत्यु भएको खबर पनि सार्बजनिक भएर खबर नै नबनेका घरघरका संकट त कति छन् कति तर आमनागरिकलाई महामारीबाट जोगाउन र अहिलेका संकट पार लगाउन सरकार करिब–करिब असफलजस्तै देखियो । तर यस्तोमा पनि समाजका केहि ब्यक्तिभने कोरोनाको महामारि नभनि आफ्नै पेशा तथा कर्ममा तल्लिन भए यसबाटनै उनिहरु खुसी बन्ने गरेका छन् । यो मध्ये एक पात्रहुनुहुन्छ काभ्रेपलान्चोक जिल्ला नमोबुद्ध नगरपालिका ६ का सुवास न्यौपाने ।
चौतर्फी नकारात्मक खबरका बीच गरिब तथा असायहरुका सेवा गर्दै उहाँले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुभएको छ । बिगत ४ बर्षदेखि आखामा मासु पलाएर केहि देख्न नसक्ने सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नम्बर ३ की नेहा सदाको आखाँको ज्योति फिर्ता गराउन सफल उहाँलाई नेहा तथा उनका परिवारले भगवान जस्तै मानेका छन् ।
सिराहाको एक दलित परिवारमा जन्मेकि नेहाको आर्थीक अबस्था निकै आखाँ देख्छिन भन्ने आशा मारिसकका थिए । आर्थिक अभावका कारण नेहाको आँखाको समान्य चोटको उपचारसमेत गराउन नसकेकाले उनको आँखामा माम’ पलाउदै गएर अबस्था गम्भिर बन्दै गएको उनको बाबुको भनाई छ ।
“लडेर आखाँमा सामान्य चोट लागेको थियो तर उपचारको लागी पैसा भएन अस्पताल लान सकिएन बिस्तारै आखामा मासुको डल्लो पलाउदै गयो बाहिरनै निस्किियो पैसा जुटाउन नसकेकोले उपचार गर्न सकेको थिएन । छोरीले उपचार पाएर पुनरजिबन पाउछे भन्ने आशानै हराएको थियो । गरिब दुखिको भगवान हुन्छ भन्थे हो रहेछ क्यारे ,सुवासबाबु भगवाननै बनेर आउनुभयो हाम्रो लागी ‘
सिराहाका दलित अधिकारकर्मी संयज महरा र दलित युवा अभियन्ता सुनिल सदाको समाजिक संजाल फेसबुकबाट नेहाको बारेमा जानकारी पाएपश्चात सम्पर्कगरि तिलगंगाका बरिष्ठ आखा रोग बिषेशज्ञ डा.बेन लिम्बुसंग सहकार्यगरि समाजसेवी न्यौपानेले नेहाको निशुल्क उपचार गराउनुभएको हो । त्यतिमात्रै नभएर नेहा लगायत तिनजनालाई १५ दिन खान बस्ने ब्यबस्था समेत समाजसेवी उहाँ भन्नुहुन्छ “ फेसबुकमार्फत बालिका नेहाँको बारेमा थाहा पाए,पहिल्यैदेखिनै यस्तै असहाय तथा बिपन्न परिवारका बिरामीलाई मैले सेवा गर्दै आएकोले नेहाको बारेमा थाहा पाउने बितिकै कसरी उपचार गरौ भन्ने चिन्ताले सतायो, मैले साझँको समयमा फेसबुकमा पोष्ट देखेको थिए रातभर कसरी उपचार संभब छ भन्ने सोच्द सोच्दै बिहान जस्तै भएको थियो । तत्कालै मैले तिलगंगाका बरिष्ठ आँखा रोग बिषेशज्ञ डा.बेन लिम्वुलाई सम्पक गरे पहिला देखिनै धेरै मानिसको तिलगंगामा निसल्क उपचार गराइसकेकाले डा. लिम्बु संग सम्पर्क गर्न गारो भएन र तत्काल नेहालाई बोलाएर उपचार गराएको हु र यो सफलताको र सहयोग प्रति तिलगंगा परिबार र डा.लिम्बुलाई आभार प्रकट गर्न चाहान्छु ।”
लकडाउनकोबेला सबै घरभित्रनै सिमित रहदा मनकारी समाजसेवी न्यौपाने भने कसलाई दुख परेको छ भन्दै र दुख परेकालाइ आफ्नै परिवार जस्तै सहयोग गर्न लल्लिन रहनुहुन्थ्यो । लकडाउनकाबेला कतिपयले खानाखानै समस्या भएर आत्महत्या गरेका पनि छन् तर न्यौपानेले भने सदाको परिवारको समस्या समेत समाधान पारिदिनु भयो ।

नेहाको बुवा भोला सदा भन्छन्  मेरो छोरीको उपचारमा सहायोग गर्ने सुवास न्यौपाने मेरोलागि भगवान नै हो । लकडाउनको बेला काहाँ बस्ने र के खाने भन्ने  चिन्ताले सताइरहेको बेलामा छोरिको निशुल्क उपचार हुन्छ भन्ने सुन्ने बितिकै हर्षित भएको थिए तर काम नगरेको धेरै भएकाले आफुसंग पैसापनि थिएन खान बस्न के गर्ने भन्ने चिन्ताले सताएको थियो तर उहाँले सबै ब्यबस्था म गछर् भन्नु भएकाले हिम्मत गरेरै काठमाडौ पुगेको थिए ।अहिले छोरिको आखाँको अप्रेसन भएको छ आखा देख्छे हामी सबै खुसी भएका छौं,हामी जस्ता असहायको जिबनमा आशाको किरण थपिदिनुु भएकोमा समाजसेवि न्यौपानेलाई धन्यबाद दिन्छु।”
नेहा त एक उदहरण मात्रै हुन उनिजस्तै अर्थिक अबस्था कमजोर भएका असाहय हरुलाई समाजसेवी न्यौपानेले धेरै सहयोग गर्नुभएको छ । यसरी समाजमा रहेका असहाय बिपन्न परिवारको सेवागर्नुमानै आफ्नो धर्म र सनतुष्टि रहेको समाजसेबि न्यौपानेले बताउनुु भएको छ ।

प्रतिक्रिया दिनुहोस

५ बर्षिय छोरा हत्या ...

रहमुल लहान १३ बैशाख आफ्नै ५ वर्षिय छोराको हत्या अभियोगमा लहानबाट एक महिलालाई सिरहा प्रहरीले नियन्त्र ...

नेपाल छात्रवृत्ति सम ...

रहमुल लहान १३ बैशाख । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा सेभ द चिल्ड्रेनको सहयोगमा र नेपा ...

नेपाल पत्रकार महासंघ ...

बिसुनदेव सरदार लहान, १२ बैशाख । नेपाल पत्रकार महासंघ सिरहाको १४ औं साधारणसभा भव्यताका साथ सम्पन्न भए ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१