Siraha Times
ताजा समाचार

सखुवानन्कारकट्टी गाउँपालिकामा आईटी अफिसरको जागिर छाडेर कृषि पेशामा आबद्ध

  • मंसिर ११, २०७७
  • १६६४ पटक पढिएको
  • रामएकवाल राम
alt

महेश सिंह सिरहा लहान ११ । सखुवानन्कारकट्टी गाउँपालिकामा आईटी अफिसरको रुपमा काम गर्दै आएका देबिन कोसोर यादव फोहोर राजनीतिको शिकार भई कृषि पेशा तिर होमिएको उनले बताए ।

उनले ग्रामिण उत्पादनलाई विशेष जोड दिएको छ। यादवले 'फर्मले पशुपालन कृषि उत्पादनमा आवश्यक प्राविधिक ज्ञान प्रदान गर्नको लागि कृषि तथा भेटनरी जेटिए प्रविधिकहरुलाई परिचालन गरी उत्पादनलाई वृद्धि गर्ने लक्ष्य समेत लिएको बताए ।' यसको लागि कृषक मैत्री वातावरण बनाउन र सरकारी योजना तथा आयोजनाहरुमा किसानहरुलाई स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले सहयोग गर्नुपर्ने बताए ।

सखुवानन्कारकट्टी गाउँपालिका स्थित ईटहर्वामा पशुपालन फर्म संचालनमा आएको छ । समिक्षा एकीकृत पशुपालन फर्मको नामले संचालित उक्त फर्मले विभिन्न प्रजातीको घरपालुवा पशु तथा तरकारी उत्पादनलाई जोड दिएको छ । २०७६ सालमा संचालित उक्त फर्म जम्मा १.५ बिघा जग्गामा फैलिएको छ । फर्मका संचालक देविन किशोर यादव आईटी(ईन्फर्मेशन टेक्नोलोजी) पढेका युवा हुन । हाल फर्ममा ल्यान्डरस, ड्युरो, हेमसारलगायत जम्मा ४ प्रजातीका ४४ बंगुर रहेका छन । मासु र प्रजननको लागि पालिएको यि चार नश्लका बंगुरको संख्या बढाएर १ हजार पुर्याउने संचालक यादवको लक्ष्य रहेको छ । उनले बंगुरको राम्रो माग सिरहामा त्यति नभएकोले बर्दिबास गएर बेच्नुपर्ने बाध्यता रहेको बताए ।

त्यसैगरी फर्ममा १४ राँगा, ४०-४५ जोडी परेवा, मुङ्ग्री र कोतरी गरी दुई नश्लका लोकल माछा समेत रहेको छ । अर्गानिक तरकारी खेती समेत संचालनमा आएको उनले जानकारी दिए । करिब ५० लाखको लगानीमा संचालित उक्त फर्मको १.५ बिघा जग्गा २५ वर्षको लागि लिजमा लिएको संचालक यादवले बताए । आफ्नो फर्मले हाल ४ जनालाई रोजगारी दिएको र भविष्यमा पशुको संख्या तथा योजना थपे संगै कामदारको संख्या समेत बढाईने भने ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१