ताजा समाचार

बर्दिबासबाट वेपत्ता बालिकाको शव बोरामा भेटियो, हत्याको आरोपमा एक जना पक्राउ

  • मंसिर ९, २०७७
  • ८५१ पटक पढिएको
  • रामएकवाल राम
alt

सिरहा टाईम्स
जनकपुरधाम ०९ मंसिर - महोत्तरीको बर्दिबास बाट बेपता बालिकाको शब् भेटिएको छ। बर्दिबाश १४ शुभम् बस्तीबाट वेपत्ता ६ बर्षीय बालिकाको शव फेला परेको छ । गत आइतबार बेलुका देखि फुफुको घरबटै खेल्दै गरी हराएकी शहिद आलमका छोरी गुलाब साह खातुनको शव भेटिएको कुरा इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चापागाईंले जनाए। बालिकालाई हत्या गरी बोरामा राखेर झाडीमा फालेको अवस्थामा शव सोमबार राती फेला परेको हो।


बर्दिबास १४स्थित शुभम् बस्तीमा रहेको सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालय भन्दा पश्चिम विकरु साहको घर पछाडीको विनोद साहको खाली जग्गामा बालिकाको शव भेटिएको हो ।


हत्या आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा आरोपमा गौशाला— ५ का २५ बर्षीय अरुण कुमार साहलाई हामीले पक्राउ गरिएको डीएसपी चपागार्इंले जनाए । ‘हो मैले नै बालिकाको हत्या गरेको हुँ, भनि अरोपीले स्वीकार गरेका छन्,’उनले भने ।

आरोपीले बालिकाको बलात्कार गरेर हत्या गरेको हो ? भन्ने प्रश्नमा डीएसपीले भने,‘त्यो कुरा पोस्टमाटम रिपोर्टले भन्छ ।’ घटना स्थललाई घेरा हालेर प्रमाणहरु सुरक्षित राखिएको उनले बताए ।
श्रोत द पब्लिक टुडे 

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤