Siraha Times
ताजा समाचार

सखुवानन्कारकट्टी क्रिकेट प्रतियोगितामा सोठियाइन विजय

  • मंसिर ८, २०७७
  • १५६२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, ८ मंसिर । सखुवानन्कारकट्टी गाउँपालिकाको सहयोगमा वडास्तरीय क्रिकेट प्रतियोगिता मंसिर ७ गते सोठियाइनमा एक कार्यक्रमबीच सम्पन्न भएको छ । सो प्रतियोगिताको अन्तिम खेलमा सखुवानन्कारकट्टी ४ सोठियाइन पहिलो विजेता बनेको छ । कार्यक्रमका प्रमुख अतिथी प्रदेश २ का साँसद अशोक अशोक यादवले पहिलो विजेता सोठियाईन टीमलाई २१ हजार नगद, मेडल र कप प्रदान गरेका छन् । गाउँपालिका अध्यक्ष केदारनाथ यादवका सभाध्यक्षमा भएको सो प्रतियोगिताका दोस्रो विजेता सखुवानन्कारकट्टी ४ सखुवा टीमलाई १५ हजार नगद, मेडल र कप प्रदान गरेका छन् । प्रतियोगिता कातिक २६ गतेदेखि शुरु भएको थियो भने सखुवानन्कारकट्टीका पाँचै वडा सहभागी भएका थिए । बजरंगी युनिफाईड युथ कमिटी सखुवानन्कारकट्टीको आयोजना गरिएको सो प्रतियोगितामा त्यस गाउँपालिका वडाध्यक्षहरु अतिथीको रुपमा रहेका थिए । समापन कार्यक्रमकै क्रममा प्रदेश साँसद यादवले ‘ग्रामिणक्षेत्रमा युवा जागरणको निम्ति खेलकुद महत्वपूर्ण हो ।’ ‘खेलकुदलाई पनि व्यावसायिकीकरण गरेर अघि बढियो भने यहाँका युवाहरु भोली राष्ट्रियका लागि योगदान पुर्याउँन सकिने’ उहाँले बताउँनुभयो । गापा अध्यक्ष केदारनाथ यादवले ‘यहाँका युवाहरु खेलकुदमा गतिशिल बन्दैछन् ।’ ‘खेलकुद विकासको लागि हातोमालो गरेर अगाडि बढ्नुपर्ने आजको आवश्यकता छ ।’ ‘ आजको यो खेलाडी भोलीको कर्णधार हुन ।’ ‘खेलाडीहरु हाम्रो गाउँ समाजका गहना पनि हुन उहाँ अध्यक्षले बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

चार मन्त्रालयसँग कान ...

काठमाडौं असार ४। कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले समयानुकूल र प्रभावकारी कानून नि ...

​सिराहाको विष्णुपुरक ...

विनोद अविरल,​सिराहा, ३ आषाढ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १२ स्थित विष्णुपुरकट्टी टोल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१