Siraha Times
ताजा समाचार

सुकुम्बासीहरुको जग्गा अतिक्रमण गर्नेलाई प्रदेश सरकारले कार्वाहि गर्छः राज्य मन्त्री मण्डल

  • मंसिर ३, २०७७
  • १०३० पटक पढिएको
  • संजय महरा
alt

सिरहा÷मंसिर ३ गते, राष्ट्रीय दलित नेटवर्क काठमाण्डौको आयोजनामा सिरहाको लहानमा श्रीराम गेष्ट हाउसको सभाहलमा भुमिहिन, सुकुम्बासी तथा हरवा चरवाको अधिकार सम्बधी कार्यशाला गोष्ठि सम्पन्न भएको हो । कार्यशाला कार्यक्रममा सिरहा, सप्तरि र धनुषाको भुमिहीन तथा हरवा चरवा अधिकारकर्मी र अगुवाहरुको सहभागिता रहेको छ । कार्यक्रममा प्रदेश नम्बर दुईका उधोग, पर्यटन, वन तथा वातावरण राज्य मन्त्री सुरेश मण्डलले मैनवती प्रज्वलन गरि उद्धघाटन गर्नु भएको छ ।
भुमिहीन, सुकुम्बासी तथा हरवा चरवाको अधिकार सम्बन्धि कार्यशाला कार्यक्रमको प्रमुख अतिथि उधोग, पर्यटन , वन तथा वातावरण राज्य मन्त्री प्रदेश नंः २ का प्रदेश सांसद सुरेश मण्डलले कार्यक्रमलाई सम्बोधन गर्दै भने भुमिहीन,सुकुम्बासी तथा हरवा चरवा समुदायले आफनो हक अधिकारका लागि आफै अग्रसरता हुनुपर्ने बताउनुभएको हो । राज्य मन्त्री मण्डलले नेपालमा व्यवस्था परिवर्तन भएसँगै हरेक तह तप्का समुदायमा पनि परिवर्तन हुनुपर्ने बताउनु भएको हो । राज्य मन्त्री मण्डलले नेपालमा बास्तविक सुकुम्बासिहरुले जमिन नपाएकोमा दुखसमेत जताएको छ भने सुकुम्बासीको नामको जग्गा ठूला ठूला धनाढयको कब्जाामा रहेकोले जग्गा फिर्ता गराई वास्तविक भुमिहिन, सुकुम्बासीहरुलाई वितरण गर्नेमा जोड दिनुभएको हो । मन्त्री मण्डलले भुमिहिन तथा सुकुम्बासिहरुको जग्गा मारुति सिमेन्टजस्ता भुमाफियाहरुले कव्जा गरेको भन्दै त्यसतालाई प्रदेश सरकारले कार्वाहि गरिने समेत जिकिर गर्नु भएको हो । दलित, भुमिहीनको खेती गर्ने कम्युनिष्टहरुले उनिहरुको भोटले सत्तामा पुगेपनि दलित तथा भुमिहिनहरु जस्ता त्यस्तै रहे तर कम्युष्टिभनाउदाहरु महल ठटाए उनिहरुले जोगीको भेषमा चोरहरुले ठगे जस्तै कम्युनिष्टहरुले गरिरहेको छ । त्यसैले विभेदमा परेको समुदायले आफनो हक अधिकार दिलाउने वा तपाईको पक्षमा काम गर्नेलाई चिन्न आवश्यक समेत रहेको बताएका छन ।
भुमिहीन,सुकुम्बासी तथा हरवा चरवाका अधिकार सम्बन्धि कार्यपत्र बरिष्ठ पत्रकार अर्जुन थपलियाले प्रस्तुत गर्नु भएको छ । कार्यशालामा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य राकेश झाले आफनो पार्टी सदैब दलित, भुमिहिन तथा सुकुम्बासीहरुको हक हितमा लडिरहेको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय हरवा चरवा अधिकार मञ्चका केन्द्रीय अध्यक्ष दशन मण्डलको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा राष्ट्रिय हरवा चरवा अधिकार मञ्चका केन्द्रीय सचिव लागेन्द्र सदाले स्वागत मन्तव्य दिनुभएको हो । कार्यक्रममा मन्तव्य, राष्ट्रिय हरवा चरवा अधिकार मञ्चका केन्द्रीय कोषाध्यक्ष राजवती देवी मण्डल, जिल्ला हरवा चरवा अधिकार मञ्च सिरहाका अध्यक्ष श्यामसुन्दर सदा, जिल्ला हरवा चरवा अधिकार मञ्च सप्तरिका देवलाल राम लगायतले मन्तव्य दिनुभएको छ । कार्यक्रम संचालन राष्ट्रिय दलित नेटवर्कका कार्यक्रम संयोजक संजय महराले गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१