ताजा समाचार

पुर्खौली पेशा जोगाउदै निजी बिधालयका शिक्षक लक्ष्मण पण्डित

  • कार्तिक २९, २०७७
  • ११९७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मनोज बनैता सिरहा । पुर्खौली पेशा विस्थापित हुन थालेपछि लाहान ४ का ४७ वर्षीय लक्ष्मण पण्डित माटाका भाडा र मुर्ति बनाउन जुटेका छन्। दुई दशक भन्दा पनि लामो समय देखि निजी बिधालयमा मा.वी स्तरको गणित विषयको अध्यापन गराईरहेका पण्डित भने निजी बिधालय प्रति रुष्ट छन । श्रम अनुसारको तलब सुबिधा नआएपनी शिक्षण पेशालाई कायम राख्नु उनले आफ्नो बाध्यता रहेको बताए । निजी बिधालय र संचालकको कन्जुस्याइँले गर्दा ५ जनाको परिवार चलाउन उनी आफ्नो पुर्खौली पेशालाई निरन्तरता दिएको बताउछन ।

साथै आफ्नोकुमाल समुदायका पाका पुस्ता यस पेशाबाट विस्थापित हुन थालेपछि त्यसको संरक्षणका लागि पनि लक्ष्मण पण्डितले यस पेशालाई जिवित राख्नुपर्ने बताए । माटाका भाडा बनाउने र पुख्र्यौली पेशा संरक्षणमा लागे पनि कामदार, माटो र दाउराको अभाव वर्षेनी बढेकाले समस्या झनै बढेको गुनासो उनको छ । कला संस्कृतिका धनी कुमाल समुदायको पहिचान गुम्न नदिनका लागि यस पेशाप्रति युवा पुस्ताको आकर्षण बढ्नुपर्नेमा पण्डितको जोड रहेको छ ।

शिक्षक पण्डितले भने 'कुमहालहरुको परम्परागत पेशा संकटमा परेको छ । दिपावली र छठ लगायत धार्मिक कार्यमा माटोका दिप, घैला, ढकना, मुर्ति, बस्नालगायतका भाडा वर्तन ठाउँमा विधूतीय सामग्रीहरु प्रयोग हुन थालेपछि कुमहालहरुको पेशा संकटमा परेको हो । धार्मिक कामममा माटोले बनाएको दियो,ढकनी आदी समानहरुको विक्री विगतमा भन्दा कम भएको छ।'

२०५१ साल देखि शिक्षण पेशामा समेत आबद्ध रहेका शिक्षक पण्डित हाल लाहान ८ स्थित लाहान मनकामनामा शिक्षणरत छन । उनको जन्म २०२८ सालमा भएको थियो । पण्डितले २०४४ मा एसएलसी उतिर्ण गरी लाहान क्याम्पस लाहान अथार्थ हालको जे.एस.मुरारका क्याम्पसबाट प्रवीणता प्रमाणपत्र उतिर्ण गरे र सोही क्याम्पसबाट पछि गणित विषयमा स्नातक गरे । शिक्षक पण्डितको दुई छोरी, एक छोरा र श्रीमतीलगायत जम्मा ५ जनाको परिवार रहेको छ ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤