लहानमा पक्की घर निर्माणमा वडाध्यक्ष साहको ऐठन, दलित गरिबको जीवन जोखिम अनुभक्त चौधरी

  • कार्तिक २९, २०७७
  • ७९१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, २८ कातिक । दलित यतिकै दविएको छ । यसमा पनि मुसहर समुदाय । पक्की घरको सपना देखाएर कमसल सामाग्री प्रयोग । बर्षायाममा आराम पाउँन सपना देखेका मुसहरहरुलाई सरकारले दिएको पक्की घर यत्तिबेला नामको लागि मात्रै भएको छ । यस्तो घर बनाइदिएको छ जो एउटा हावाहुरीमै कर्कट पाता उडाएर लैजान्छ । दलितहरुको पक्की घरको सपना के पुरा होला त । जहाँ दलितहरुको उपभोक्ता समिति छ । तर, आफ्नो तरिकाले घर निर्माणको ठोस समान किन पाउँदैन । वडाध्यक्षले ठेक्केदार राखेर उपभोक्ता समितिको खाली (ब्लान्क) चेकमा सहिछाप गराएर सामाग्री खरिद गरी प्रयोग गर्दै आएको छ । तराई मधेश समृद्घि कार्यक्रम अन्तरगत सिरहाको लहान नगरपालिका वाडा नं. ११ मा सामुहिक भवन निर्माण भैरहेको छ । तर भवन हेर्दा मजबुत र भरपर्दो नरहेको स्थानियको गुनासो रहेको छ । बनिरहेको भवनको पिलरमा ३ सुतको एउटा रड मात्रै राखिएको छ भने जस्ता अनि एङ्गल पनि कमजोर देखिएको छ । भुई ढलान पनि तल धसिरहेको छ । सो निर्माण गरिएको घरमा बस्ने तयारी गरी सन्जी देवि सदायले घर त बनायो तर दुई नम्बरको ईटा प्रयोग गरिएको छ ।

त्यस्तै दिपक सदायका अनुसार मसला बनाउदा सिमेन्टको भाग भन्दा पनि बढी बालुवा हालेको छ छुदा पनि प्लास्टर झर्ने गरेको बताउँछन् । सदाले थपे मैले भन्दाभन्दै पनि मानेन मेरो बुवाले भन्दा बुवा संग नै झगडा भएको थियो । हामी गरिब छौं घर थिएन घर भयो राम्रो हो तर मजबुत भएन । निर्माणरत सामुदायिक भवन समितिका कोषाध्यक्ष पवनि देवी सदायका अनुसार ठेकेदार मार्फत काम भईरहेको छ । काम राम्रो संग भएको छैन । पलास्टरमा ढुङ्गा छ ढुङ्गा माथिबाट खस्दा भुईमा खाल्डो नै हुन्छ । ।सामुदायिक भवन निर्माणको बारेमा लहान नगरपालिका वाडा नं. ११ का वाडा अध्यक्ष राज कुमार साहले “जो सधैं झुपडिमा बसिरहेको थियो उसलाई पक्की घरको बारेमा के थाहा हुन्छ । अहिले बन्दै गरेको अवस्थामा छ जुन बिग्रेको छ त्यो बनाउछौं । काम गर्दै त्रुटी हुन्छ त्यसलाई सच्याउँछौं । ” टवाईलेट,वाथरुम सहित १२ ओटा कोठा निर्माण भईरहेको सामुदायिक भवनमा आठ कोठा निर्माण गरि रंग पनि भइसकेको छ भने चार कोठाको निर्माण काम अन्तिम चरणमा छ । उनीहरु भन्छन् — उपभोक्ता समितिमा काम भइरहेको छ । तर, ठेक्काको आधारमा वडाध्यक्ष राजकुमार साहले समितिका अध्यक्ष र कोषाध्यक्षबाट खाली चेकमा सहिछाप गराउँँछन् । उनीहरुले नै बैकबाट पैसा झिक्छन् । अनि कमसल मालसमान प्रयोग गरेकोले सामुदायिक भवनको अवस्था कमजोर रहेको दावी गर्छन् ।

प्रतिक्रिया दिनुहोस

(एल.एल.बी) प्रवेश पर ...

विष्णुदेव सरदार / सिराहा, असार ४ गते । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सप्तरीको महेन्द्र ...

लहान वडा नं. ९ को नय ...

ओम प्रकाश यादव लहान, असार ४ । हिजो लहान नगरपालिका वडा नं. ९ मा निर्माणाधीन वडा कार्यालय भवनको छत ढला ...

आफ्नै शरीर र प्रजनन् ...

संजु कुमारी दास, लाहान, असार ३।  गोलबजार नगरपालिकाको १३ औं वडाका १४ देखी २० वर्ष उमेर समुहका ३४ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१