Siraha Times
ताजा समाचार

प्रदेश नम्बर दुई का राज्य मन्त्री मण्डल द्वारा ११ घर डाेमकाे घर शिलान्यास

  • कार्तिक २८, २०७७
  • ११०८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा कार्तिक २८ गते । प्रदेश नं.२ सरकार अन्तरगत रहेको जनता आवास कार्यक्रम अन्तर्गत सिरहाका बिष्णुपुर गाउँपालिकामा नमूना बस्ती निर्माण हुने भएको छ । सिरहाका निर्वाचन क्षेत्र नं.४(ख) मा पर्ने बिष्णुपुर - ४ थल्हामा उक्त बस्ती निर्माण हुने भएको छ । प्रदेश सरकारको निर्णय अनुसार डोम समुदायको ११ घर निर्माण हेतु उद्योग पर्यटन बन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलद्वारा शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै राज्यमन्त्री मण्डलले प्रदेश सरकार विपन्न र दलित प्रति सधैं सम्वेदनशिल रहेको जिकिर गरे । उनले समाजवाद स्थापनाको लागी जातीय क्षितिज हटाउनुपर्ने आवस्यकता रहेको र त्यसको लागि प्रदेश सरकार लागि परेको बताए । शिलान्यास कार्यक्रममा बिष्णुपुर गा.पा अध्यक्ष जागेश्वर यादव, वडा नं.४ को अध्यक्ष राजकुमार यादव, वडा नं.१को अध्यक्ष गोपिन्द्र यादव, वडा नं. २ को अध्यक्ष राम इश्वर यादव, वडा नं. ३ को अध्यक्ष जयकुमार यादव, प्रमुख प्रशासकिय अधिकृत रबिन्द्र कुमार महतो, जसपा नेपालको नेता हजारी साह, स्वामी बाबा, कल्याणपुर नगर सचिव श्रवण साह, कुसे ठाकुर, प्रदिप महतो, कुलेश्वर मुखिया, धर्मदेव यादव, वडा कमिटी अध्यक्ष खरदार यादव, वकिल मुसलमानलगायतको उपस्थिति रहेको थियो । अन्तमा राज्यमन्त्री मण्डलले कामको गुणस्तरीयता सहित समयमै सक्न उपभोक्ता समुहलाई निर्देशनात्मक अनुरोध समेत गरे ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१