Siraha Times
ताजा समाचार

दलित समुदायले विभेदको विरुद्ध संगठितभई आवाज उठाउनु हुनुपर्छ ः राज्य मन्त्री मण्डल

  • कार्तिक २८, २०७७
  • १३४८ पटक पढिएको
  • संजय महरा
alt

संजय महरा
सिरहा÷कार्तिक २७ गते, सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नम्बर १ स्थित संयुक्त दलित मोर्चा कल्याणपुर न.पा. द्धारा आयोजित शुभ दीपावली तथा छठ पर्वको उपलक्ष्यमा चियापान तथा दलित समस्या र समाधानका बिषयमा अन्तरकृया कार्यक्रम मा उधोग, पर्यटन, वन तथा वातावरण राज्य मन्त्री तथा सिरहा निर्वाचन क्षेत्र नम्बर ४ ुखु का प्रदेश सांसद समेत रहेको सुरेश मण्डल कार्यक्रमको प्रमुख आतिथ्यको रुपामाबोल्दै दलितहरु विभेदको विरुद्ध संगठीत भई आवाज उठाउनु पर्छ बताउनु भयो । राज्य मन्त्री मण्डलले राज्यको हरेक अङ्गमा दलित समाुदायमाथि विभेद लादिएकोले आफनो हक अधिकारकालागि आवाज बुलंदगर्न ढिला नर्गन समेत सुझाएको छ । राज्य मन्त्री मण्डलले आफु सदैव दलित, गरिव, असहायको पक्षधर रहेकोले दलित आन्दोलनको पक्षमा रहने प्रतिबद्धता समेत गरेको हो । राज्यमन्त्री मण्डलले संयुक्त दलित मोर्चा कल्याणपुर न.पा.द्धारा सिरहा जिल्लाको कल्याणपुर नगरपालीका को १२ वटै वडमा गरिने दलित समस्या र समाधानको विषयमा गरिने बहस कार्यक्रमको समेत प्रारम्भ गरेको हो ।
संयुक्त दलित मोर्चा कल्याणपुर न.पा. वडा नम्बर १ एक मा गरिएको कार्यक्रममा संयुक्त दलित मोर्चा कल्याणपुरका संजय महराले दलितहरुको समस्या समाधानको लागि हरेक व्यक्तिले आवाज उठाउनपर्ने बताउनु भयो । जनता समाजबादी पार्टीका कल्याणपुर नगरसमितीका नेता रामलोचन ठाकुर(स्वामी बाबा) दलित समुदायको हक अधिकारका लागि सदैव तत्पर रहने बताउनुभयो । कार्यक्रममा कल्याणपुर नगरकार्यपालिका सदस्य कपलेश्वर मुखीया, दलित नेता रामभजन मण्डल (खत्व), कल्याणपुर वडा नःं ५ का वडा अध्यक्ष दिपेन्द्र यादव बरबरीया, दलित अगुवा दिनेश मल्लिक, संजय पासमान लगायतले मन्तव्य राखेको थियो । कार्यक्रममा कल्याणपुर न.पा.वडा नंः १ का दलित महिला वडा सदस्य सोगार्थी देवी पासमानको अध्यक्षता कार्यक्रम भएको हो ।

प्रतिक्रिया दिनुहोस

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१