बिष्णुपुर गाउँपालिकाको अनियमितताको विरुद्धमा प्रदर्शन

  • कार्तिक २८, २०७७
  • ८३६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा २८ कार्तिक । सिरहाको बिष्णुपुर गाउँपालिकामा ब्यापक अनियमितता भएको भन्दै स्थानीयले जुलुस निकालेर प्रदर्शन गरेका छन । कोणसभामा बोल्दै वडा १ का वडाअध्यक्ष गोपिन्द्र यादवले गा.पा अध्यक्ष जागेश्वर यादबको तानाशाहीले गाउँपालिकाको अस्तित्वमाथी नै खतरा रहेको भनेका छन । उनको अनुसार वडा १ मा १६ वटा सार्बजनिक पोखरी छन् जुन वडा अध्यक्ष समेतलाई जानकारी नदिई नाटकीय ढंगले ठेक्कामा दिईएको छ । कार्यकर्ता पालनको निम्ति सरकारी ढुकुटी सकाउदै गा.पा अध्यक्ष यादव मोजमस्तीमा लागेका छन । त्यसैगरी स्थानीय एक युवा नेता संतोष यादव ले भने 'बिभिन्न विकास निर्माणको कार्य देखि लिएर कर्मचारी भर्ना , शिक्षक भर्नाको नाममा गाउँपालिका अध्यक्ष जागेश्वर यादबले गाउँपालिकालाई कार्यकर्ता भर्ती केन्द्र बनाएको छ ।'

प्रतिक्रिया दिनुहोस

मापदण्ड विपरीत रासाय ...

रहमुल, लहान ९ पुस । सुक्खा खडेरी व्यवस्थापन, खाद्य सुरक्षा तथा जलवायु सहनशीलता अभिवृद्धिका लागि बाली ...

क्यान्सर पीडित दासला ...

ओम प्रकाश यादव लहान पुष ९ । सिरहा सेवा समाज, कतारले क्यान्सर रोगबाट पीडित एक नागरिकलाई उपचारका लागि ...

दलित जनकल्याण युवा क ...

ओम प्रकाश यादव लहान, पुष ७ । दलित जनकल्याण युवा क्लब लहान, सिरहाको १९औँ वार्षिक सामाजिक लेखाजोखा कार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१