ताजा समाचार

लहानमा प्रजनन् स्वास्थ्य सम्बन्धि एक दिने शिविर सम्पन्न

  • कार्तिक २७, २०७७
  • ६८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान २६ कार्तिक । ओरेक नेपाल परियोजना कार्यालय सिरहाको आयोजनामा लहान नगरपालिका वडा नं.१ मटियर्वामा कार्तिक २५ गते मंगलबार महिला स्वास्थ्य शिविर सम्पन्न भएको छ । वडा नं. १ र २ को सदाय वस्तीको महिलाहरुलाई लक्षित गरि गरिएको शिविरमा ५२ जना महिला तथा किशोरीहरुले सेवा लिएका छन् । जिल्ला अस्पताल सिरहा, लहान नगरपालिका वडा नं. १ को वडा कार्यालय र प्राथमिक स्वास्थ्य चौकीको सहकार्यमा गरेको कार्यक्रममा सदाय वस्तीको महिलाहरुको प्रजनन् स्वास्थ्य सम्बन्धि आएको समस्यालाई केन्द्रित रहेर सेवा दिएको थियो । १२ वजे देखि सुुरु गरेको शिविरमा महिलाहरुलाई हुने प्रजनन् स्वास्थ्य सम्बन्धि समस्या समाधानका लागि आफ्नै घर, बारीमा भएको जडीबुटी प्रयोग सम्बन्धि प्रदर्शनी राखेको थियो । धान भित्राउने समयमा गरिएको शिविरमा सदाय समुदायका महिलाहरु ज्यालादारीमा काम गर्ने भएको कारण हामीले लक्षित गरेको समुदायका केही महिलाले सेवा लिन नसकेको ओरेक परियोजना कार्यालय सिरहाकी कार्यक्रम संयोजक शर्मिला निरौलाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤