Siraha Times
ताजा समाचार

सभापति यादवद्वारा खेलकुदको विकासमा जोड

  • कार्तिक २६, २०७७
  • ८९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान २६, कार्तिक । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नम्बर – ३ मा मंगलवार देखि खेलकुद प्रतियोगिता सुरु भएको छ । हिजो भएको खेलमा भवनी युथ कल्व भवानिपुर सिरहा टिम विजय भएको छ । खेलको निर्धारित समयमा प्रतिस्प्रधी सहभागी कुनै टिमले गोल गर्न नसकेपछी प्लान्टिमा भवानिपुर टीमलेले विजय हासिल गरेको नेपाल बिधार्थी संघका केन्द्रिय सदस्य एवम समाजसेवी गोपालकृष्ण यादवले जनकारी दिनुभयो ।                               

प्लान्टिमा भवानिपुर – ५ र हर्दिया – ४ गोलको अन्तरले भवानिपुर टिम विजय भएको थियो । हिजोको सुरु दिनको खेलमा भवानिपुरका सुमन मगरले म्यान अफ द म्याच घोषित भएका थिए । नेपाली काङ्गेसका जिल्ला सभापती एवम पुर्व सभासद रामचन्द्र यादवले खेलको उदघाटन गरेको थियो । कार्यक्रममा बोल्दै सभापती यादवले खेलकुदलाई सरकारले प्राथमिकतामा राख्नु पर्नेमा जोड दिएको थियो । प्रतिभा भएको खेलाडीहरुलाई सरकारले संरक्षण नदिएकोले उनिहरु विदेशमा काम गर्न बाध्य रहेको सभापती यादवले बताउनुभएको छ । म पनि कुनै समयमा खेलाडी थिए भन्दै सभापती यादवले भने खेलकुद स्वास्थ्यको लागि धेरै फाईदा कारक हो बताए । खेल खेलेरै म राजनीतिकमा आएको छु त्यसैले खेलाडीहरु ले पनि निरन्तर संघर्ष गरेमा सोच अनुसार कुनै न कुनै क्षेत्रमा सफलता हासिल गर्न सक्ने बताउनु भयो ।                 

बलान युवा फुटवल क्लव सखुवानन्कारकट्टी- ४ सिमराहा र श्री राजदेवी युवा क्लव सखुवानन्कारकट्टी गापा– ३ पोर्ताहाले आयोजना गरेको खेलमा नेपाली काङ्गेस सखुवानन्कारकट्टी सिरहाले प्रायोजक गरेको छ । ८ वटा टिमको सहभागिता रहेको खेलको फाईनल मंसिर २ गते हुनेछ । प्रथम पुरस्कारमा नगद रु २१ हजार र द्धितिय पुरस्कार १२ हजार सिल्ड प्रमाणपत्र मेडल लगायतको सुविधा टिमका खेलाडीलाई प्रदान गरिने छ । सहभागि टिमहरुले आयोजकले बनाएको निति नियममा खेल खेल्नुपर्ने खेलको प्रतियोगिताका लागि विशेष सहयोग गरेका नेपाल बिधार्थी संघका केन्द्रिय सदस्य एवम स्थानीय समेत रहनुभएका गोपालकृष्ण यादवले जनकारी दिनुभयो ।                                                   

तिहार र छठ पर्वको अवसरमा आयोजित खेलमा शुभकामना आदान प्रदान समेत भएको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रिय नेता प्रमेश्वर साह , जिल्ला लगायत स्थानीय नेता कार्यकर्ता को उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

अन्तर्राष्ट्रिय युवा ...

ओम प्रकाश यादव, लहान, साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर लहान नगरपालिका–२४ स्थित ...

कर्जन्हामा “सशक्त न् ...

लहान साउन २६ । नेपाल अपाङ्ग महिला संघ र मुक्ति नेपालको साझेदारी तथा Disability Rights Fund (DRF) को ...

स्वच्छता र्‍याली र स ...

लहान साउन २५ । घरबाट सुरु हुने सरसफाइको अभ्यासलाई समुदाय हुँदै सार्वजनिक स्थलसम्म विस्तार गर्ने उद्द ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१