राज्यमन्त्री मण्डलद्धारा डोमसमुदायकोघर शिलान्यास

  • कार्तिक २३, २०७७
  • १०८३ पटक पढिएको
  • संजय महरा
alt

सिरहा÷कार्तिक २३ गते, सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नम्बर ३ स्थित दलित आवास घर कार्यक्रम अन्तरगत उधोग, पर्यटन, वन तथा वातावरण राज्य मन्त्री तथा सिरहा निर्वाचन क्षेत्र नम्बर ४ ुखु का प्रदेश सांसद समेत रहेको सुरेश मण्डलले दलित भित्रका अति विपन्न डोम समुदायको घर निमाणर््ाका लागि सिलान्याँस गरेको हो ।
माननिय मन्त्री सुरेश मण्डलको संसदीय क्षेत्र भित्रसमेत रहेको कल्याणपुर नगरपालिका वडा नम्बर ३ स्थित एक कार्यक्रम गरि डोम समुदायको घर सिलान्याँस गरेको हो । प्रदेश नम्बर दुईमा दलित समुदायकोलािग जनता आवास कार्यक्रम आठवटै जिल्लामा आवास निर्माण सुरु भईरहेको छ । सिरहा क्षेत्र नम्बर ४ ख मा ५८ जना डोम समुदायको घर निमार्ण गरिने राज्य मन्त्री मण्डलले जानकारि दिनुभएको हो । मन्त्री मण्डले सिरहा जिल्ला भित्र जनता आवास कार्यक्रम अन्र्तगत ४१० वटा दलितको घर निमार्ण हुन बताउनु भयो । कल्याणपुर नगरपालिका वडा नम्बर ३ मा ६ जना डोम समुदायको संख्या रहेको छ । जनता घर आवास कार्यक्रम मार्र्फत ३ लाख ५० हजार प्रतिघर परिवारलाई निमार्णका लागि रुपैया दिईनेगर्दछन । घर सिलान्यासपछि धनेश्वर डोम (मल्लीक)ले घरनिमाणर््ा हुने विश्वास व्यक्त गरेको छ भने कुशेश्वर मल्लीक ले घर निर्माणको प्रतिक्षा पूराभएकोले खुसि व्यक्त गरेको छ ।
कल्याणपुर नगरपालिकाको वडा नम्बर ३ का वडा अध्यक्ष अशोक मण्डलको अनुसार अति आर्थिक विपन्नताको विच जिवन यापन गरिरहेको डोम समुदायको घर निमार्ण कार्यले जिवन स्तरमा सुधार हुने विश्वास व्यक्त गर्नु भएको छ । कार्यक्रममा कल्याणपुर नगरपालिकाको वडा नम्बर ५ चिकनका वडा अध्यक्ष दिपेन्द्र यादव बरबरीयाले डोम समुदायको घर निर्माण सम्पन्न पछी घरको समस्या समाधान भएपछि काम गरेर जिवन निर्वाह आफै गरिने तथा शिक्षामा डोम समुदायको लाग्ने बताउनुभएको हो । जनता आवास घर निमार्ण सिलान्याँस कार्यक्रममा जनता समाजवादी पार्टी कल्याणपुरका युवा नेता धिरज मण्डलको सहभागिता समेत रहेको छ । जनता समाजबादी पार्टी कल्याणपुर नगरपालिका भित्रका कार्यकर्ताहरुको समेत सहभागिता रहेको छ । कल्याणपुर वडा नम्रब ३ का बुद्धीजिवि, समाजसेवि तथा समाजका अगुवाहरुको सहभागिता समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस

मैथिल सेवा समाज पूर् ...

ओम प्रकाश यादव लहान वैशाख १७। मैथिली भाषा, संस्कृति र समाजसेवाको संवाहकका रूपमा स्थापित मैथिल स ...

धनगढीमाई–८ मा नवनिर् ...

    ओम प्रकाश यादव लहान वैशाख १७। सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ८ स्थित कसहा ...

जनमत पार्टीको बृहत आ ...

ओम प्रकाश यादव लहान वैशाख १६ । सिरहाको धनगढी नगरपालिका-६ (बसनपुर)मा जनमत पार्टीको बृहत आमसभा तथा पार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१